काभ्रेका होटलहरुमा राजधानीबाट दैनिक ३ हजार फुल आयात

प्रकाश सुन्दास,
काभ्रे,फागुन ७
राजधानी नजिकैको काभ्रे जिल्लामा विगत लामा समयदेखि सञ्चालन भइरहेका ठूला होलटहरुमा दैनिक ३ हजार भन्दा बढी फुल राजधानीबाट आयात हुने गरेको छ । फ्लोरिकल्चर एसोशियसन काभ्रेका सचिव भेष बहादुर दनुवारका अनुसार थ्री स्टार स्तरका होटलहरुले कोठा सजावटका लागि जर्भेरा र कार्नेसन जातको दैनिक ५० हजार बराबरको फुल खपत गर्ने गरेका छन् । 
काभ्रेमै जर्भेरा र कार्नेसन जातका फुल उत्पादन हुने भए पनि उत्पादक किसान र होटलबीच समन्वय नहुदाँ सिधै राजधानीबाट फुल आउने गरेको हो । काभ्रेमा खुलेका ९ वटा पुष्पा फार्ममार्फत यो सिजनमा ६ हजार भन्दा बढी जर्भेरा र कार्नेसन सहित गुलाफ, लिलेनियम, स्टाटिस, जापनीज गोदावारी लगायत प्रजातिका फुलहरु उत्पादन हुने गरेको छ । धुलिखेल उद्योग वाणिज्य संघका अनुसार काभ्रेमा अहिले उच्च गुणस्तरिय सेवा प्रदान गर्ने आधा दर्जन होटल रहेका छन् भने मध्य स्तरको होटलहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

Related

विविध 2025672613273222961

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item