आज ६३ औं प्रजातन्त्र दिवस, देशभर मनाइदै


काठमाण्डौ,फागुन ७ ।
आज फागुन ७ गते, अर्थात ६३औं प्रजातन्त्र दिवस देशभरमा बिभिन्न कार्र्यक्रम गरी यो दिवस मनाइदैछ । जाहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको आज ६२ वर्ष पूरा भएको छ । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवनले देशमा प्रजातन्त्र उदय भएको घोषणा गर्नु भएको थियो । २०४६ तथा ०६२÷०६३ को आन्दोलनलाई २००७ सालको आन्दोलनपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अभियानको रुपमा पनि लिइन्छ ।

 प्रजातन्त्रको प्राप्तीमा ज्यान गुमाउनेहरुको सम्झना र प्रप्त उपलब्धीलाई संस्थागत गर्ने बारेमा छलफल गर्न आज राजधानी लगायत देशभरमा विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । यस अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा काठमाण्डुको सैनिक मञ्च टुंडिखेलमा आज विशेष समारोहको आयोजना गरिदै छ । समारोहमा राष्ट्रपति डा रामबरण यादव, प्रधानन्त्री डा बाबुराम भट्टराई, उच्च सरकारी अधिकारी, कुटनितिक नियोगका अधिकारी लगायतको सहभागिता रहनेछ ।

Related

राष्ट्रिय 2197911238264347961

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item