चुनावी सरकारको स्वरुप तयार गर्न चारशक्तिको बैठक बस्दै, कार्यदल छलफलमा

http://sindhulidarpan.blogspot.com/2013/02/news_18.html
काठमाण्डौ,फागुन ७ ।
चुनावी सरकारको स्वरुपका विषयमा आज टुङ्गो लगाउने दलहरुले बताएका छन् । बाँकी रहेका विवादलाई कार्यदलले अन्तिम रुप दिएपछि बस्ने चारशक्तिका शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिने नेताहरुले दावी गरेका छन् । नागरिकता, सरकारको स्वरुप, प्रधानन्यायाधीशको कार्यक्षेत्र लगायतका विषयमा सहमति भइसकेको छैन ।
विवादित विषयलाई अन्तिम रुप दिन कार्यदलको बैठक बस्दैछ । कार्यदलले ११ देखि १३ सदस्यीय चुनावी परिषद बनाउने, त्यसलाई सञ्चालन गर्न दलका शीर्ष नेताहरु रहेको सयन्त्र बनाउने लगायतका विषयमा भने सहमति गरिसकेको छ । कार्यदलको छलफलका आधारमा निर्णय गर्न बिहान १० बजेपछि शीतल निवासमा चार शक्तिको शीर्षतहको बैठक बोलाइएको छ । आज प्रमुख दलहरुबीच सहमति भएलगत्तै राष्ट्रपति यादवले विघठित संविधानसभामा रहेको दलहरुको बैठक बोलाउने तयारी गर्नुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !