प्रचण्ड,बाबुराम राष्ट्रघाती:गजुरेल


सिन्धुली,फागुन ६ ।

एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई एक नम्वरको राष्ट्रघाती भएको नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आरोप लगाउनुभएको छ । उपाध्यक्ष गजुरेलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन खोज्नुमा गम्भिर षडयन्त्र भएको भन्दै सो कुरा वताउनुभएको हो ।  सिन्धुलीमाढीमा आज आयोजित विरोधसभामा बोल्दै उपाध्यक्ष गजुरेलले एउटा कर्मचारीलाइ प्रधानमन्त्री बनाउने भए राजनीतिक दलका नेताहरुले हातमा कमाण्डलु लिएर हिंड्े हुन्छ गजुरेलले भन्नुभयो ।

    अहिले प्रधानन्यायाधीशलाइ प्रधानमन्त्री बनाएर न्यायालय ध्वस्त बनाउने, भोली प्रधानसेनापतिलाइ प्रधानमन्त्री बनाएर सेना कमजोर बनाइ राष्ट्र भारतको हातमा जिम्मा लगाएर उनीहरुकै इशारामा मुखिया बनेर शासन चलाउन प्रचण्ड र बाबुराम लागि परेको उपाध्यक्ष गजुरेलले वताउनुभयो  ।
    रिटायर्ड भएर राजनीतिमा लागे प्रधानन्यायाधीशले प्रधानमन्त्री हुन पाउने तर कर्मचारी भएर नपाउने उहाँको तर्क थियो । सरकारले गल्ती गर्दा आलोचना हुन्छ, उहाँले भन्नुभयो,‘ तर प्रधानन्यायाधीशको आलोचना हुँदा मान हानी हुन्छ, यस्तो अवस्थामा पु¥याएर के गर्न खोजिएको हो ।’
    प्रचण्ड एक नम्वर र बाबुराम दुई नम्वरका राष्ट्रघाती हुन् गजुरेलले भन्नुभयो हाम्रो पार्टीको लिस्टमा यी कुराहरु चढिसकेको छ र  तीन र चारमा सुशील कोइराला र झलनाथ खनालको प्रतिपस्र्धा रहेको समेत उपाध्यक्ष गजुरेलले खुलाउनुभयो । विरोधको अधिकांश समय प्रचण्ड र बाबुरामलाइ गाली गर्नमा खर्चिएका उपाध्यक्ष गजुरेलले ती राष्ट्रघाती गद्धारलाइ देश निकाला गर्ने चेतावनी दिनुभयो । राष्ट्रघातीलाइ अब ठोक्ने हो तपाइहरु तयार रहनुस भनेर उहाँले जनतालाइ आह्वान समेत गर्नुभएको थियो ।
    अब हामी हतियार उठाउँदैनौ तर देश बचाउन जस्तोसुकै कुर्वानी दिन तयार छौं, उपाध्यक्ष गजुरेलले भन्नुभयो,‘ अब कम्यूनिष्ट, कम्यूनिष्ट एक होऔंको नारा हैन अब देशभत्तल एक हौं भन्ने हो ।’ देशभक्तहरुको संयूक्त मोर्चा बन्ने तयारी रहेको समेत उहाँले बताउनु भयो । 

Related

स्थानिय 7387137363262513609

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item