सिन्धुलीमा चौविस प्रतिशतले जनसंख्या वूद्धि

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_187.html
मिनकुमार दाहाल/वैशाख ३
जिल्ला जनगणना कार्यालय सिन्धुलीले दश वर्षमा सिन्धुली जिल्लाको जनसख्या चौविस प्रतिशतले वूद्धि हुने जनाएको छ । २०५८ सालमा सिन्धुलीको जनसंख्या २ लाख ७९ हजार ८२१ थियो भने २०६८ सालमा हुन लागेको जनगणनामा ३ लाख ४४ हजार जनसंख्या पुग्ने अनुमान जिल्ला जनगणानाको कार्यालयले गरेको छ । जनगणना असार तिन गते देखी १३ गते सम्म गरिने भएको छ । त्यसका लागी इलाका स्तरमा जनगणना कार्यालय स्थापना गर्न थालीएको छ ।
नेपालको औषत जन संख्या वूद्धिदर २.२५ लाई जिल्लाको जनसंख्या वूद्धि दरले पछ्याउन लागेको छ । सिन्धुलीको जन संख्या औषत वूद्धि दर २.२३ रहेको जिल्ला जनगणा कार्यालयका प्रमुख सुरेश कुमार खतिवडाले जनाएका छन् । राष्ट्रिय जनगणना २०७८ को लागी जेठ एक गते देखी १८ गते सम्म सुरिवेक्षकले जिल्लाका ५३ वटै गाँउ विकास समिती र कमलामाइ नगरपालीकाम पारिवारीक लगत दिने छ । असार तिन गते देखी १३ गते सम्म गणकले व्यक्ति गत विवरण संकलन गर्ने छन् । घर संख्यापरिवार संख्यामानिसकोका विवरण र जग्गाको विवरण सुपरिपेक्षकले ल्याउने छ ।
यसपाली जनगणामा खटाइने कर्मचारीको चालिस प्रतिशत महिला हुन हुनु पर्ने जिल्ला जनगणा कार्यालयले जनाएको छ । जणकका लागी पहिलो प्राथमिकता निजि स्रोत भन्दा वाहेकका सवै शिक्षकहरुलाई दिइने छ । शिक्षक अपुग भएमा गैरसरकारी संस्थाका कर्मचारीहरुलाई पनि जनगणनामा परिचालन गर्ने निर्दैशन विभागको रहेको जिल्ला जनगणा कार्यालयका नारायण थापाले जानकारी दिएका छन् । गणकहरुले व्यक्तितग तथा महिलाको स्वामित्व जग्गा भए नभएको पनि लगतकमा लिने छ ।
जनगणनाको लागी जिल्लामा ३ सय ७५ गणकहरुलाई कटाइने तयारी भैरहेको सो कार्यालयका नारायण थापाले वताउनुभयो । जनगणना व्यक्तिको वसाइ भएको स्थानलाई आधार मानेर गणना गरिने उहाँले वताउनुभयो । सु्चिकरणमा पर्यवेक्षकले करिव ८ सय परिवारको सर्वेक्षण गर्नु पर्ने छ भने गणकले दुइ सय पचास परिवारको गणना गर्नु पर्ने छ । २०५८ को जनगणनामा सिन्धुलीको कुल जनसंख्यामा १ लाख ४० हजार ५४१ महिला र १ लाख ३९ हजार २ सय ८० पुरुषको जन संख्या रहेकेा छ भने घर पविार संख्या ४८ हजार तथा घरहरुको संख्याा ४५ जार ७६८ रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !