तामाकोशी नदीमा अर्को विद्युत आयोजना निर्माण हुने

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_5111.html
शेरबहादुर भुजेल/दोलखा/चैत २१-
तामाकोशी नदीमा अर्को एक विद्युत आयोजनाको अध्ययन सुरु भएको छ । अहिले अध्ययन गर्नको लागि नेपाल विद्युत प्राधिकरणको नाममा रहेको तामाकोशी-५ को वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन सुरु भएको छ । आयोजना नेपाल विद्युत प्राधिकरणले नै निर्माण गर्ने गरी क्षेत्र निर्धारण गर्ने कार्य सुरु गरेको हो ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत गृहमा प्रयोग गरी टेलरेसबाट निस्केको पानीलाई दोलखाको लामाबगर गाविसको जगतबाट भूमिगत सुरुङमार्फत सुरी र खारेको बीचमा रहेको सूरीदोभान नजिक ल्याएर अर्को भूमिगत विद्युत गृह निर्माण गरी एक सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको तामाकोसी-५ का उपप्रबन्धक अनु राजभण्डारीले बताउनुभयो ।
लामाबगरबाट टेलरेसको पानीलाई ६४ दशमलब ८९ मिटर ट्रान्जिसन टनेल र ८ दशमलब ६५ किलोमिटर लामो सुरुङ्ग रहने छ । दोलखाको गौरीशंकर लामाबगर लादुक बुलुङ खारे ओराङ र सुरी गरी सात गाविसलाई प्रत्यक्ष असर पुग्ने आयोजनाबाट उत्पादित विद्युतलाई एक सय ३२ केभी िसंगल सर्किट प्रसारण लाइन मार्फत माथिल्लो तामाकोशीको शबस्टेशनमा जोडिने बताइएको छ । नेपाल विद्युत प्राधिकरणकै नाममा रहेको आयोजनालाई माथिल्लो तामाकोशी आयोजनाकै अर्को आयोजनाको रुपमा निर्माण र साचालन गर्ने प्राधिकरणको योजना रहेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !