तराईमा भेडापालन व्यवसाय सङ्कटमा


दीपेन्द्रप्रसाद सिहं/धनुषा/चैत २१- 


चरणको व्यवस्था नहुँदा धनुषामा भेडापालन व्यवसाय सोचेजस्तो फस्टाउन नसकेको किसानहरुले बताएका छन् । भेडापालन गर्दा दिनभरि भेडाको पछिपछि कुदनुपर्ने भेडाको नवजात बच्चाहरुलाई रेखदेख गर्नुपर्ने तथा ती बच्चाहरुलाई कुकुर र स्यालबाट बचाउनको लागि रातिभरि जाग्राम बस्नुपर्ने र त्यसमा पनि भेडाको लागि सुरक्षित चरणको व्यवस्था नहुँदा समस्या भइरहेको धनुषा हरिहरपुर ३ का किसुन भेडिहरले बताउनुभयो ।

किसुनको मात्रै नभई जिल्लाको उत्तरी ग्रामीण क्षेत्रमा बसेर भेंडापालन व्यवसाय गर्दै आएका भेडिहरहरुको पुख्र्यौली पेशा चरणको अभावमा संकटमा पर्न लागको स्थानियबासिन्दाहरुको भनाइ छ । पहिले जस्तै  खाली जमिन नहुनु  जंगल फडानी भई बढी जनघनत्व भएपछि आफूहरुको व्यवसाय समस्यामा परेको किसानले बताएका छन् । भंेडापालन गर्दा उचित मूल्य नपाएकोले भेडापालन व्यवसायप्रति किसानको आकर्षण दिनप्रतिदिन घटदै गएको छ भेडिहरहरुका अनुसार तराई क्षेत्रमा पालिएको भेडा भारतीय व्यापारीमार्फत् सिमावर्ती विहारको पटना मधुवनीसहितको भारतीय बजारमै बिक्री हँुदै आएको छ ।

Related

प्रविधि 3150382297328044144

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item