ट्रयाक्टर दुर्घटनामा परि सिन्धुलीमा दुईको ज्यान गयो

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_5717.html
मीरा कार्की/वैशाख ९
सिन्धुलीको भिमस्थान ६ झारलाङ्टार जोगेमा आज ट्रक्टर दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ । सिन्धुलीबाट भिमस्थान तर्फ बाँस लिन जादै गरेको ज १ त ४१७५ नम्वरको ट्रक्टर दुर्घटना हुदा दुईको मृत्यु भएको हो । ट्रक्टर ५ फिट तल खसेको स्थानियवासीले जानकारी दिएका छन् ।
अन्य तीन जना घाईते भएका छन । मृत्यु हुनेमा कमलामाई नगरपालिका १४ वस्ने बर्ष १८ का चालक सुवास मगरको घटना स्थलमै मृत्यु भएको हो भने भिमस्थान गाविसका प्रेम स्याङतानको उपचारको क्रममा भरतपुर लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीलॆ जनाएको छ । ट्रयाक्टर दुर्घटनाका घाईते सिन्धुली भिमस्थानका जिवन स्याङतान मिलन स्याङतान र जितबहादुर सिदालीको भने सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !