पत्रकारले आफैतिर समाजले औंला ठड्याउने वातावरण नबनाऔं ः अध्यक्ष झा

उद्धवकुमार रामेछाप/चैत २२
नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द्र झाले पत्रकारहरुले समाजले औंलो आपुूतिर सोभुयाउने गरी काम गर्न नहुने बताउनु भएको छ । जुनदिन समाजले पत्रकारतिर औंला सोभुयाउँछन् त्यो दिन त्यस्ता पत्रकारहरु पत्रकारिता समाप्त हुने उहाँले बताउनुभयो । रामेछाप सदरमुकाम मन्थलीमा पुग्नुभएका झाले प्रेस काउ_िन्सल नेपालको आयोजना र पत्रकार महासंघ शाखा रामेछापको सह-आयोजनामा भएको व्यवसायिक पत्रकारिता र आचारसंहिता कार्यान्वयन विषयक अन्तरकि्रया कार्यक्रममा झाले प्रत्येक व्यवसायिक पत्रकारिताभित्र पनि मिसन पत्रकारीता हुने बताउँदै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु यतिबेलाको मिसन पत्रकारिता भएको उहाँको भनाई छ । 

त्यस्तै कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले नेपालको संक्रमणकाली अवस्थामा साचार माध्यमहरुको दुरुपयोग भयो भने राज्यलाई ठूलो क्षति पुग्ने भएकोले अहिलेको पत्रकारिता शान्ति र संविधानको लागि हुनुपर्नेमा जोड दिनुभयो । जीविकोपार्जनको लागि गरिने पत्रकारिता कहिले पनि स्वतन्त्र नहुने भएकोले पत्रकारहरुले राष्ट्र र जनताको लागि कलम चलाउनु पर्ने उहाँले बताउनुभयो । अन्तरकि्रयामा सहभागि पत्रकारहरुले पत्रकार आचारसंहिता अहिले पनि लागू हुन नसकेको र मालिक र मजदुर पत्रकारको रुपमा पत्रकारहरु दुई खेमामा विभाजित बताएका थिए । अहिले पत्रकारहरु कोही विचारको मिसनमा र कोही पैसा कमाउने मिसनमा लागेकोले सत्यतथ्य र जनस्तरका वास्तविक समाचारहरु सम्प्रेषण गर्न समस्या भएको सहभागि पत्रकारहरुका गुनासो थिए ।

Related

समाज दर्पण 2996997491838769242

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item