बढी बाठो हुन खोज्दा ....

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_7087.html
निराजन शिरिष/नर्वे
नर्वेमा रहँदा मलाई सबभन्दा ठूलो चूनौतीको विषय भनेको त्यहाँको खाना लाग्यो । जे हेर्यो त्यो भिन्दै र नयाँ स्वरुपमा ! खाना पनि यति धेरै परिकार कि मलाई यस्तो लाग्यो त्यहाँ दर्जनौ मोडलहरू खानाको परिकारका रुपमा क्याटवाक गरिरहेका छन् । प्रत्येक खानामा ब्रेड अनिवार्य मानिने नर्बेली खानाहरु स्वस्थकर हुन्छन् भन्नेमा दुई मत हुन सकिदैन् । ती खानाहरुमा मसला र तेलको अति नै कम प्रयोग गरिएको पाइन्छ ।
अझ रोचक कुरा त प्रायः खानाहरु राम्ररी पकाइएका हुन्छन् ।खानामा मैले झेलेको एउटा समस्या यहाँ लेखिदिएँ भने सायद यो ब्लग पढ्ने धेरै जनाको हाँसो निस्कन सक्छ । एकदिन भयो के भने, मांसाहारीका लागि दुईवटा विकल्प थिए कि पोर्क (सुँगुरको मासु) कि बिफ (गाईको मासु) ! मलाई वेटर्सले सोधे – के खाने ? ह्या सुँगुरको मासु पनि के खाने बिफ खाने नि (मलाई गाईको मासु बिफ भन्ने थाहा थिएन त्यसैले) !
पछि मज्जाले खाइसके पछि मलाई मेरी सहकर्मी प्रजुले सोधिन् – के खायौ ? बिफ कि पोर्क ? मैले सत्य बताईदिएँ – बिफ ! “हँ बिफ !” उनी मुर्छा परिन्जेल हाँसिन् । पछि मैले पत्ता लगाएँ उनको हाँसोको रहस्य ! “सुङ्गुरको मासु पनि के खाने भन्ने मैले बढी बाठो हुँदा त गाईको मासु पो खाएछुँ !

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !