कला नवेच्ने कलाकार



सिन्धुली दपर्ण, 

जागरले जस्तो सुकै काम पनि सिक्न र गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा प्रस्तुत भएका छन सिन्धुलीको ढकाल गाउँका विश्वम्भर लामिछाने । रुखका जराको सदुपयोग गदै जरावुटा कुदेर नेपालकै उहाँ उदाहरण वन्नुभएको छ  । आफ्नो कोहि गुरु पनि नभएको र कसैले पनि नसिकाईकन कलाकारिता सुरु गरेको लामिछाने वताउनुहुन्छ । राजनीतिक आर्थिक सामाजिक व्यक्तित्व र अन्याय लगाएतका विषय बस्तुका मुर्ति तयार गरि कमलामाई नगरपालिका ५ ढकाल गाउँका लामिछाने जरा कला मै आफ्नो फुस्रदको समय सदुपयोग गरिरहनुभएको छ ।   उमेरले ५० को हाराहारी पुगेका लामिछाने पेशाले कानुन व्यवसायी हुनुहुन्छ  । झन्डै २५ वर्ष भयो कानुन व्यवसायीमा लागेको । खान र जहान पाल्न उहाँले कानुन व्यवसायी पेशा गरेपनि कला प्रति पनि उत्तिकै लगनशिल हुनुहुन्छ । घरमा बसेको समयमा साथिभाईसँग गफ गर्दा समेत उहाँको हातमा रुखका जरा लिएर खुर्कन थाल्नुहुन्छ ।  

अहिलेसम्म १ सय जति आफना कला बनाइसकेका कलाकार लामिछाने वताउनुहुन्छ । तर एक वटा पनि विक्री गर्नुभएको छैन । मैले एउटा छोरीलाई दाइजो उपहार दिएँ बाँकी सवै राखेको छु - लामीछानेले भन्नुभयो- ुविक्री गर्नु नै म मर्नु हो कीनकी मैले बेचेको कला पछि कसले बनाएको हो कसैलाई थाहा हुँदैन । त्यसैले बेचेको छैन । घरमा राखिएका कलाहरु हेर्न भने जो कोहिलाई सधै दिने गरेका गर्नुभएको छ  ।  
युद्धमा जनताको अवस्था देखाउने होस वा राष्ट्रका चर्चित भानुभक्त जस्ता कवी रामायणकी पतिवर्ता सिता होस वा दासताको शिकार भएका महिला पासाङ होस वा तेिाजङ शेर्पा सवैका मुर्तिहरु जस्ताको तस्तै उनले उतारेका छन । कोठाभरी सजाएर राखिएका रुखका जराहरुका प्राकृतिक चिज जीव जनावर सहिद गेट र चरा पनि उहाँले कलामा उतार्न भ्याउनुभएको छ । उहाँसँग जुत्ताले महिलाको शिरमा कुचिरहेको एउटा मुर्ति छ  । यो मुर्तिले परम्पराले महिलालाई कसरी दास बनाएको छ भन्ने प्रस्ट देखाउन खोजेको उनले बताए । मैले यो मुर्ति बनाए पनि मैले श्रीमतिलाई न्याय गरेको छैनु- मुर्ति समाउँदै लामिछानेले भन्नुभयो ुहामीलाई परम्परा मेट्न साह्रै गाह्रो हुदोरहेछ ।
उहाँलाई एउटा मुर्ति बनाउन कम्तिमा १५ दिन देखी बढीमा ६ महिना लाग्छ । लगानीको कुनै सिमा हुँदैन । हालसम्म १ लाखको हाराहारीमा उहाले खर्च पनि गरिसक्नुभएको छ । द्वन्द्वका बेलामा उहालॆ चिया पिउने पैसा बचाएर कला बनाउने पेन्टहरु पनि किने । श्रीमतिले स्कुलमा पढाएर ल्याएको पैसा समेत जरा कलामा प्रयोग गरेँ,लामिछानेले द्धन्द्धको वेला व्यवसाय नचले पछिका दिनलाई सम्झिनुहुन्छ । 

लामिछाने केहि समय राजनीतिमा पनि सकि्रय हुनुभयो । वि।सं २०५१ सालमा भएको संसदिय निर्वाचनका नेकपा संयुक्त माक्स्रवादीको तर्फबाट सिन्धुली क्षेत्र नम्वर २ का उमेदवार पनि हुनभएको हो । चुनावमा हारेपछि उनी  राजनीतिमा नफापेपछि अव वढी समय उहाँले सामाजिक क्षेत्रमा दिन थालेका थालेको वताउनुहुन्छ । उहाँ २०५८ सालमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको सभापति भएर काम पनि गरिसक्नुभएको छ । सिन्धुली दपर्णसगँ कुराकानि गदै गर्दा राजनीति क्षेत्र भन्दा कला र सामाजिक क्षेत्रमा नै रमाउन थालेकोले विभिन्न देशका नागरिकहरुले वेच भन्दापनि नवेचिकन राखेको र कहिल्यपनि कुनैहालतमा नवेच्ने कलाकार विश्वम्भर लामिछाने वताउनुहुन्छ । 

Related

मनोरञ्जन 339314474186495032

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item