सिन्धुलीमा १६ दिने साहित्यिक जागरण सुरु


सिन्धुली दर्पण/चैत्र २५
सिन्धुली कि्रयाशील तामाङ भाषाको एकमात्र साहित्यिक संस्था प्राङबोला छार न्हानको १६ दिने साहित्यिक जारण अभियान ६७/६८ हिजोवाट सुरु भएको छ ।  तामाङ भाषा साहित्य तथा संस्कृतिको अवलोकन खोज अनुसन्धान संरक्षण र विकासका निम्ति संचालित अभियान जिल्लाका विभिन्न गाउबस्तीमा साहित्यिक संम्मेलन गरी ०६८ बैशाष ११ गते लोकतान्त्रिक दिवसका दिन ऐतिहासिक हरिहरपुरगढी दरवारमा पुगी समापन हुने प्राङबोला छार न्हानले जनाएको छ । 

अभियानको क्रममा ऐतिहासिक तामाङ गाउँ-बस्तीहरुको भ्रमण गरी तामाङ भाषा संस्कृतिका जानकार ताम्बा बोम्बो लामा तथा गिताङ्गेहरुसँग प्रत्यक्ष अन्र्तकि्रया गरिने र नयाँ पुस्ताका लागि साहित्यिक प्रतियोगिता संचालन गरिने प्राङ्बोला छार न्हानका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभएको छ । अभियानमा कलाकार सोनाम बज्यू तुलसा वाईवा लगायत तामाङ कवि कवयीत्री संचारकर्मीहरुसहित १५ जनाको टोली सहभागि रहेने पनि अध्यक्ष थिङले बताउनु भयो । अभियानले चलिरहेको पर्यटन वर्ष २०११ शुरु हुन लागेको विद्यार्थी भर्ना अभियान र राष्ट्रिय जनगणना २०६८ को महत्वको बारेमा समेत तामाङ भाषामार्फत समुदायलाई बुझाउने लक्ष्य राखेको छ ।

Related

स्थानिय 4016418489897945691

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item