काभ्रेमा सूचना प्रविधि मेला आजबाट


प्रकाश सुन्दास/काभ्रेपलााचोक/चैत २५
काभ्रे जिल्लामै पहिलो पटक हुन लागेको बृहत सुचना प्रविधि मेला मिदास एडुकिट क्यान इन्फोटेक २०११ आजबाट शुरु भएको छ । ग्रामीण भेगका नागरिकलाई पछिल्लो समयमा बजारमा आएका तथा आउन लागेका नयाँ-नयाँ सुचना प्रविधिको बारे जानकारी गराइ पर्यटन प्रवद्र्धन गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले बताएको छ ।

आज देखि २८ गते सम्म आईटी पार्क बनेपामा चल्ने मेलामा क्म्पयुटर ल्यापटप क्यामेरा विभिन्न ब्राण्डका मोबाइल अडियो भिज्यूल सहितको शैक्षिक सामग्री लगायत ८० वटा स्टल रहने आयोजक कम्प्यूटर एसोसियसन अफ नेपाल क्यान काभ्रेले जनाएको छ । मेला अवधिभर ५० हजार दर्शकले अवलोकन गर्ने र सरकारी विद्यालयका शिक्षकहरुलाई निःशुल्क अवलोकनको व्यवस्था गरिएको क्यान काभ्रेका अध्यक्ष मनोज कुमार न्यौपानेले जानकारी दिनुभयो । यसैबीच दुईदिने सुचना तथा साचार प्रविधिसम्बन्धी राष्ट्रिय सम्मेलन पनि हुने भएको छ । सम्मेलनमा विज्ञहरुले इ-भिलेज ई-लर्निङ ई-सेक्युरिटी र ई-बिजनेस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । 

Related

प्रविधि 4993097033443085529

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item