एएफसी च्यालेन्ज कप छनौट फुटवल आजबाट शुरु नेपालको विजयी शुरुवात

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_8483.html
सिन्धुली दर्पण/चैत २४
राजधानीमा शुरु भएको एएफसी च्यालेन्ज कप छनौट फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । समूह डि अन्तर्गत आफ्नो पहिलो प्रतिद्धन्दी पाकिस्तानलाई १-० गोल अन्तरले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो । घरेलु दर्शकको समर्थन पाएको नेपालले खेलको २८ औं मिनेटमा भरत खवासको गोलमा अग्रता लिएको थियो । दशरथ रंगशालामा गोल गर्ने अरु धेरै अवसर पाए पनि नेपालले गोल गर्न सकेन ।
यस्तै हलचोकस्थित फुटवल मैदानमा उत्तर कोरियाले श्रीलंकामाथि मध्यान्तर अघि नै ३-० गोल अन्तरले अग्रता लिएको थियो । खेलको दोश्रो मिनेटमै कुम कोलमा अग्रता लिएको उत्तर कोरियाका लागि खेलको पाँचौ मिनेटमा रि कोल म्योङ र २१ औं मिनेटमा पार्क नाम कोलले गोल गरेका थिए । सन् २०१२ मा छनौटका लागि समूह डी को आयोजना नेपालले गर्ने अवसर पाएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !