सिचाईं योजना अहिलेसम्म सम्झौता हुन सकेनन्

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_3458.html
शेरबहादुर भुजेल/दोलखा/चैत २४
चालु आर्थिक वर्ष २०६७/६८ को आठ महिना बित्नै लागे पनि जिल्ला कृषि विकास कार्यलय दोलखालॆ साना तथा सहकारी सिचाई योजना अहिलेसम्म सम्झौता गर्न सकेको छैन । कृषि विकास कार्यालयले पहिलो चरणमा ३१ वटा साना िसंचाई र ५ वटा सहकारी िसंचाई योजना छनौट गरी सके पनि यसलाई समयमानै अन्तिम रुप दिन नसकिएकाले योनजा सम्झौता भई कार्यान्वयनमा ढिलाई भएको कार्यालय प्रमुख टंकवहादुर कार्कीले जानकारी पनि दिनुभयो ।
चालु बर्ष साना तथा सहकारी िसंचाई योजनाका लागि कूल १८ लाख रुपैया बजेट प्राप्त भएको छ । जस अन्तर्गत साना िसंचाई योजना तर्फ ५४ र सहकारी िसंचाईतर्फ ११ वटा आवेदन परेका थिए । जिल्ला कृषि विकास कार्यालयले ति मध्ये अति आवस्यक साना िसंचाई योजना र एउटा सहकारी िसंचाई योजना छनौट गरेको छ ।
गत चैत्र २३ गते बसेको कृषि विकास समितिको बैठकबाट विभिन्न २५ वटा साना सिचाई आयोजना छनोट गरी अन्तिम रुप दिएपछि उपभोक्तालाई सम्झौता गर्न आग्रह गर्दै रेडियोबाट सूचना प्रसारण गरिएको कार्कीले जानकारी दिनुभयो । गत आर्थिक बर्ष दोलखा जिल्लालाई साना तथा सहकारी िसंचाई तर्फ १५ लाख ५० हजार रुपैया बजेट प्राप्त भएकोमा २५ वटा साना िसंचाई र एउटा सहकारी िसंचाई योजना छनौट गरिएको थियो । ति मध्ये एउटा योजना सम्झौता नभए पछि १४ लाख ६८ हजार रुपैया मात्रै खर्च भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !