सिन्धुलीमा जथाभावी सडक निर्माणमा रोक
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_08.html
मिनकुमार दाहाल/वैशाख २५
जिल्ला प्रशासन कार्यालयले वन क्षेत्रमा जथाभावी खनिएका सडक तत्काल रोक्न जिल्ला वन कार्यालयलाई निर्देश दिए पछि वन कार्यालयल सिन्धुलीले वन अतिक्रमण गरी निर्माण भैरहेका सडक तुरुन्त रोक्न गाँउ विकास समितीलाई निर्देशन दिएको छ । जिल्लाका सवै रेन्ज पोष्ट अन्तरगत विभिन्न सामुदायिक बन क्षेत्रहरुको जग्गा अतिक्रमण गरी अनियमित तवरले वाटो खन्ने कार्य भैरहेले तत्काल सडक निर्माण रोक्न आदेश दिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारी वातावरणिय प्रभाव मुल्याङ्गकन इआइ नगरी वन क्षेत्रमा जथाभावी सडक खन्ने आयोजना उपभोक्ता समितीमा जो भएपनि कारवाही गरिने वताउनुभयो । ठुला आयोजना भए त्यसको प्रमुख उपभोक्ता समिती भए भुक्तानि दिने व्यक्ती र सडक खन्न प्रयोग गरिएका औजारहरु स्क्याभेटरडोजर लगायतका सामाग्री नियन्त्रण दिइ नियम अनुसार उनीहरुलाई कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भण्डारीले वताउनुभयो । जिल्ला वन कार्यालयका वन रक्षकले नसक्ने भए शसस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरेर भए पनि जथा भावी सडक खन्नेलाई कारवाही गरेरै छाड्ने दूडता प्रजिअ भण्डारीले वताउनुभयो ।
जिल्ला वन अधिकृत यादव धितालले जिल्ला प्रशासनको पत्रका आधारमा हामीहरुले सम्वन्धीत गाँउ विकास समिती र रेन्जपोष्टहरुलाई पत्र काटेर वन क्षेत्रवाट निर्माण गरीएका सडक रोक्न आदेश दिएको वताउनुभयो । हामीहरु विकास रोक्न होइन विनास रोक्न चाहान्छौ यादवले वताउनुभयो । जिल्ला परिषदले पास गरेका सडक योजना भन्दा वाहेको कुनै पनि सडकहरु वन क्षेत्रवाट खन्न नदिने जिल्ला वन अधिकूत यादवले वताएका छन् । स्वीकूत नलिइ खन्न सुरुगरीएका सडकहरु सवै गाँउ विकास समितीमा छन् भन्ने हामीले प्रारम्भीक अनुसन्धान गरेका छौं । त्यस्ता योजनालाई दिन वाँकी रकम नदिन पनि गाँउ विकास समितीलाई पठाएको पत्रमा लेखेका छौं ।
भुक्तानी नदिनुभन्दा भन्दै कुनै गाँउ विकास समितीले सडक खन्न पैसा दिन्छ भने त्यस्ता गाँउ विकास समितीका सचिवहरुको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराइ कारवाहीको प्रकूया अगाडी वढाइने वन अधिकूत यादवले वताउनुभयो । जथाभावी सकड खन्दा भुक्ष्य र वन विनास हुने भएकोले हामीहरुले वन विनास रोक्न यस्तो निर्णय लिन वाध्य भएको यादवको भनाइ छ । नेपाल सरकारको अनुमति विन वन क्षेत्रमा सडक खन्न पाइदैन यादवले भन्नुभयो । पुरानाझागाझोली गाँउ विकास समितीका सचिव गोविन्द कोइराला जिल्ला वन कार्यालयको वन अतिक्रमण गरी सडक निर्माण भए ति सडक तत्काल रोक्नु भन्ने आदेश पत्र आएको वताउछन् । उहाँले पुरानाझागाझोली गाँउ विकास समितीमा यस्ता सडक नखनिएको भए पनि खनेका गाँउ विकास समितीलाई निकै अफ्टेरो परेको वताउनछन् । स्वीकूती नली खनेका सडकहरुलाई दिन वाँकी रकम भुक्तानी रोक्नु भन्ने आदेशले समस्या आएको पनी उहाँको भनाई रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !