छिन्नलता गीति पुरस्कार ज्ञानेन्द्र शाहलाई

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_05.html
काठमाडौं/जेठ २२
छिन्नलता गीत पुरस्कार गुठीले २०६७ सालको छिन्नलता गीति पुरस्कार गीत रचनातर्फ जी शाह अर्थात ज्ञानेन्द्र शाहलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी सङ्गीततर्फ सचिन सिंह र गायनतर्फ सुक्मित गुरुङलाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।
गुठीका सभापति प्राडा वासुदेव त्रिपाठीको अध्यक्षतामा बसेको गुठीको प्रबन्ध समिति तथा साधारणसभाले गत वर्षकै युवा प्रतिभा पुरस्कार गायक प्रमोद खरेल र सविन राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
साङ्गीतिक क्षेत्रमा योगदान पुर्याएवापत गायक उदितनारायण झालाई छिन्नलता विशेष सम्मानद्वारा अभिनन्दन गर्ने निर्णय पनि गरेको गुठीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !