मदिरा उत्पादन गर्नेलाई जरिवाना



सिन्धुली दर्पण/जेठ ३१

 प्रहरी चौकी कुशेश्वर दुम्जाले स्थानीय स्तरमा मदिरा उत्पादन गर्नेलाई उत्पादन गरेको परिणामको आधारमा कारवाहि गर्ने भएको छ । 

जेठ २८ गते प्रहरी चौकी दुम्जामा वसेको सर्वदलिय सर्वपक्षिय बैठकले पहिलो पटक मदिरा उत्पादन गर्नेलाई प्रतिलिटर ५०, विकि्र गर्नेलाई १०० ,दोस्रो पटक प्रतिलिटर उत्पादन गर्नेलाई १०० विकि्र गर्नेलाई २०० र तेस्रो पटक प्रतिलिटर उत्पादन गर्नेलाई २०० विकि्र गर्नेलाई ४०० रुपैया जरिवाना गर्ने निर्णय गरिएको छ । 

त्यस्तै मदिरा सेवन गर्नेलाई रु २०० देखि १००० सम्म जरिवाना गरिने समेत निर्णय भएको छ । जुवातास खेल्नेलाई पहिलो पटक रु २५००।- खेलाउनेलाई रु १००००।- जरिवाना गर्ने भएको छ । त्यस्तै बैठकले सिल प्याक मदिरा विकि्र वितरणको लागि अन्त शुल्कबाट अनुमति पत्र लिएका पसलहरुले मात्र विकि्र गर्ने नलिएकाहरुले एक महिना भित्र अनुमति लिई सक्नु पर्ने वताईएको छ ।  

Related

स्थानिय 396446601872243131

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item