सिन्धुलीमा दुर्घटना न्युनिकरण गर्न स्वस्ती शान्ति


मिनकुमार दाहाल/जेठ ३१ 

कुशेश्वर  मन्दीर संरक्षण समितीले विपी राजमार्गमा वढ्दो दुर्घटना न्युनिकरण गर्न स्वतीशान्ति धार्मिक कार्यक्रमको आयोजना गरेको छ । विपीराजमार्गमा सवारी दुर्घटनाले जनधनको धेरै क्षेतीपुर् याएकोले कुशेश्वर महादेवसँग दुर्घटना कम गर्न प्रार्थना गरी होमसान्तीको आयोजना गरीएको मन्दीर संरक्षण समितीका अध्यक्ष सम्भुप्रसाद दाहाले वताउनुभयो । 

दुःख पर्दा भगवानको सेवा गर्नु भन्ने प्रचलन अनुसार हामीले कुशेश्वर महादेवसँग सेवा गर्दा मागेको आसर्िवाद पाइन्छ भन्ने आसाले स्वस्ती शान्ति कार्यक्रमको आयोजना गर्नु परेको दाहाल वताउछन् । 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले सिन्धुलीरामेछापकाभ्रे जिल्लामा शान्ती कायम गर्दै कुशेश्वर मन्दीरले रक्षा गरुन भन्ने आशयले कुशेश्वर मन्दिरमा स्वस्ती शान्ति धार्मीक कार्यक्रमको आयोजना गरेको वताए । ओझेलमा परेकेा कुशेश्वर मन्दीर कुशेश्वर गाँउ विकास समितीको विकासको लागी पनि यस्तो धार्मीक कार्यक्रमले सहयोग पुग्ने प्रजिअ भण्डारीले वताउनुभयो । 

 कार्यक्रमको प्रायोजन सिन्धुली गढी यातायात व्यवसायीसंघविपीराजमार्ग यातायात सेवा समिती मध्यपहाडी यातायात व्यवसायी संघ सिन्धुली उद्योग वाणिज्य संघकाभे्र यातायात व्यवसायी संघ सिन्धुली यातायातसेवा समुहसिन्धुली टयाक्टर संघले संयुक्त रुपमा गरेको विपी राजमार्ग यातायता सेवा समितीका अध्यक्ष राजेन्द्र थापाले वताउनुभयो । स्वस्तीशान्तिमा विपी यातायात सेवा समिती एक्लैले १ लखा २५ हजार सहयोग गरेको  थापाले जानकारी दिनुभयो  । 
 विपी राजमार्गमा दुर्घटनाको संख्यामा वृद्धि हुँदै गएको छ । केही समय अघि दुम्जाको नेपालथोक र पुरानोझागाझोलीको मुल्कोटमा भएको यातायात दुर्घटनामा धेरै मानिसले ज्यान गुमाउनु परेको थियो ।
 
 स्वस्ती शान्ति कार्यक्रममा कर्ताकोरुपमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारी आफै जनइ र धोती फेरेर व्यसआसनमा वसेका थिए । 
स्वतीशन्तिमा वेदरुदि्रतिगाविष्णु सहस्रनाम पाठ गरिएको दाहालले वताए मन्दिर संरक्षण समितीका अध्यक्ष दाहालले वताउनुभयो  । स्वस्ति शान्तिमा २७ जना व्राम्हणहरुले पाठ गरेका थिए । सो कार्यक्रममा रामेछाप सिन्धुली काभ्रे जिल्लाका संचारकर्मी लगायत सयौ सर्वसाधारण मानिसहरुको उपस्थिती रहेको थियो ।

Related

स्थानिय 3482069930746271292

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item