आर्थिक कारोवार पारदर्शी नहुदा पाटि फुट्ने खतराः माओवादी नेता कार्की



जेठ ३१/काठमाण्डौ

एकीकृत नेकपा माओवादी पोलिटब्यूरो सदस्य राम कार्कीले पार्टीभित्र लामो समयदेखि पार्टीमा निर्वाचित नेतृत्व नहुनु र पार्टीको आर्थिक कारोबार पारदर्शी नहुनुले पार्टीमा ठूलो विष्फोटको खतरा ल्याएको दाबी गर्नुभएको छ । पछिल्लो समयमा देखिएको बैचारिक संघर्ष स्वभाविक भए पनि त्यसलाई राम्ररी सुल्झाउन नसके नसके पार्टी फुटमा जाने दाबी गर्दै २० वर्षदेखि महाधिवेशन नहुँदा र आर्थिक कारोबार पारदर्शी नहुँदा पार्टीभित्र विचलन आएको कार्कीको भनाइ छ । 
रिपोटस्र क्लबले आज काठमाण्डूमा गरेको कार्यक्रममा उहाँले भन्नुभयो निर्वाचित नेतृत्व हुने हो र आर्थिक प्रणाली पारदर्शी हुने हो भने पार्टीमा देखिएका सबै वैचारिक संघर्षको व्यवस्थापन हुने तर्क गर्नुभयो । उहाँले थप्नुभयो २० वर्षदेखि निर्वाचन भएको छैन । कसको हैसियत के भन्ने थाहा छैन । आर्थिक कारोवारहरु सबै अपारदर्शी छ । त्यसैले पार्टीभित्र असन्तुष्टि बढेर गएको हो । कार्कीले तत्काल जिल्ला अधिवेशनहरु सुरु गर्नुपर्ने पनि बताउनुभयो । अर्को एक प्रसंगमा एक साताभित्र सहमतिको सरकार बन्न नसके शान्ति प्रकि्रया र संविधान निर्माण फेरि पनि निष्कस्रमा पुग्न नसक्ने दावी गर्नुभयो ।

Related

राष्ट्रिय 7401395578751987768

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item