केहि दिनमै लोडसेडिङ अन्त्य हुन्छ मन्त्री विष्ट

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_1216.html
जेठ ३१/काठमाण्डौ
उर्जामन्त्री गोकण विष्टले केही दिनभित्रमै लोडसेडिङ अन्त्य हुने घोषणा गर्नुभएको छ । रिपोर्टस्र क्लब नेपालले आज गरेको साक्षात्कारमा उर्जामन्त्री विष्टले विद्युत चुहावट नियन्त्रणको काम प्रभावकारी रुपमा अघि बढेकोले केही दिनमै लोडसेडिङ अन्त्य हुने स्पष्ट पार्नुभयो ।

मन्त्री विष्टले नेपालमा हुने कुल विद्युत चुहावटको छ प्रतिसतमात्रै नियन्त्रण गर्ने हो भने पनि विद्युत प्राधिकारणलाई साढे दुई अर्ब रुपैयाँ नाफा हुने जानकारी दिनुभयो । अहिलेकै रफ्तारमा काम हुने हो भने तीन वर्षमा नेपाल पूर्ण रुपमा लोडसेडिङ मुक्त हुने दावी पनि गर्नुभयो । निर्माणाधिन विद्युत आयोजनाहरुलाई सरकारले पूर्ण सुरक्षा दिने भन्दै आवश्कता अनुसार प्रहरी शसस्त्र र नेपाली सेनाको सुरक्षा उपलब्ध गराउने तयारी भईरहेको बताउनुभयो ।
जलविद्युत आयोजनामा अवरोध गर्ने कार्यलाई सरकारले कुनै पनि हालतमा छुट नदिनेसमेत मन्त्री विष्टले चेतावनी दिनुभयो । उहाँले माथिल्लो सेती पश्चिम सेती माथिल्लो अरुण बुढी गण्डकीलगायत आयोजना सुरु गर्न विभिन्न स्वदेशी र विदेशी वित्तिय संस्थाहरुसँग छलफल भईरहेको जानकारी पनि दिनुभयो ।
bho phusra bhasan nadiu baru mantri ji jhuto bolnu bhanda baru chup lagnu dherai ramro......
ReplyDelete