अपाङ्ग, अशक्त लडाकुलाई राहत सहयोग

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_16.html
सिन्धुली दर्पण/असार २
एकिकृत नेकपा माओवादीको जनसेना वस्ने दुधौली दुई नम्वर डिभिजन र त्यस अन्तरगतको सहायक शिवीरहरुमा शिवीर अनुगमन गर्न नेपाल सरकरले पठाएको नेपाली सेनाका कर्णेल शुसिल चन्द्र आचार्य नेतृत्वको टोलीले आफ्नो काम सुरु गरेको छ ।
दुई नम्वर डिभिजनमा कर्णेल आचार्यको नेतृत्वमा जनपथ प्रहरीका एसपी र माओवादी जनसेनाका सहायक कमाण्डर सहित ८ जनाको टोली रहेको माओवादी जन सेना दुई नम्वर डिभीजनका सहायक कमाण्डर उत्तम पाण्डेले वताउनुभयो ।
त्यसै गरी शिवीर अनुगमन टोलीका प्रतिनिधीहरु सहायक शिवीर रानिवास वेलसोत र खयरमारामा पनि काम गर्न थालेको सहायक कमाण्डर पाण्डेले वताउनुभयो । सहायक शिवीरमा नेपाली सेना जनपथ प्रहरी र माओवादी सेनाका तर्फवाट ६ जनाको टोली रहने वताइएको छ ।
शिवीरमा आएका टोलीको नेतृत्व हालसम्म कसैलॆ पनि गरेका छैनन् । सामुहिक रुपमा वैठक वसि हरेक निर्णय गर्ने गरेको छ । वालानन्द शर्मा आएर टोलीको नेतृत्व कस्ले गर्ने टुग्याउने छन् सहायक कमाण्डर पाण्डेले थप्नुभयॊ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !