अमेरिकामा मिस नेपाल युएसए २०११ गरिँदै

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_4986.html
अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले मिस नेपाल युएसए २०११ प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

सहभागी हुन चाहनेहरुले जुलाई २० सम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन र मेलमार्फत पनि दर्ता गराउन सकिनेछ । कार्यक्रमका प्रतियोगिहरुको छनौटका लागि अमेरिकाका दसवटा मुख्य सहरमा अडिसन गरिने भएको छ । जुलाई २ र ३ मा वासिंटन डिसीमा, जुलाई ९ मा बोस्टनमा, जुलाई १० मा एटलान्टा, जुलाई १५ मा न्युयोर्कमा, शिकागोमा जुलाई १६ मा , मियनापोलिसमा जुलाई १७ मा, डेन्भरमा २३ जुलाईमा, डल्लासमा जुलाई २४ मा, सियाटलमा जुलाई ३० मा र जुलाई ३१ मा लस एन्जलसमा अडिसन कार्यक्रम गरिनेछ ।
अडिसनबाट छनोट भएका प्रतियोगिहरुलाई व्यक्तित्व विकासका लागि पूर्वमिसनेपाल सुगारिका केसी र श्यारोन शेर्पाले अगस्त १२ देखि १९ सम्म न्युयोर्कमै तालिम दिनेछन् । मिस नेपाल युएसए २०११ छनौटका लागि अन्तिम प्रतियोगिता नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर अगस्त २०, सन् २०११ मा अमेरिकाको न्युयोर्कमा हुनेछ । प्रतियोगितामा विजयी हुनेले पाँच हजार अमेरिकी डलरका साथमा छात्रवृत्ति, प्रमाणपत्र तथा पुरस्कार पाउनेछन् । पहिलो प्रतियोगी र दोस्रो प्रतियोगीले पनि क्रमश: तीन हजार र दुई हजार डलरसहित छात्रवृत्ति, तथा प्रमाणहरु पाउनेछन् ।
श्रोत:अमेरिका दर्पण
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !