६८ जनाको कोरिया जाने सपना चकनाचुर

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_3243.html

खाडी सन्देश/असार १
कोरियामा गैर कानूनीरूपमा बसेर नेपाल फर्कि इपीएस प्रणाली अन्तर्गत पुनः कोरिया जाने रोष्टरमा सूचीकृत भएका ६८ जना नेपाली युवा कोरिया जाने सूचीबाट हटाइएका छन् ।
इपिएसअन्तर्गत सन् २०११ मा दक्षिण कोरिया जान रोस्टरमा रहेकामध्ये दुईपटक गरी ६८ जना नेपाली कामदारलाई सूचीबाट हटाएको इपिएस कोरिया शाखाले जनाएको छ ।एक महिनाअघि ३४ जना र यसै हप्ता ३४ नेपाली कामदारको नामावली रोस्टरबाट हटाइएको छ ।
इपिएसअन्तर्गत सन् २०११ मा दक्षिण कोरिया जान रोस्टरमा रहेकामध्ये दुईपटक गरी ६८ जना नेपाली कामदारलाई सूचीबाट हटाएको इपिएस कोरिया शाखाले जनाएको छ ।एक महिनाअघि ३४ जना र यसै हप्ता ३४ नेपाली कामदारको नामावली रोस्टरबाट हटाइएको छ ।
ती नेपाली यसअघि नै दक्षिण कोरिया गई लामो समयसम्म गैरकानुनी ढंगबाट बसेको पाइएकाले रोस्टरबाट हटाइएको इपिएस कोरिया शाखाले जनाएको छ । यी कामदार कोरिया भाषा उत्तीर्ण गरी मेडिकल पनि सफल भई रोस्टरमा रहेका थिए । सन् २०११ मा भाषा परीक्षाको आवदेन फारम ४२ हजार नेपालीले भरेका थिए । त्यसमध्ये ४ हजार ९० लाई मात्र रोस्टरमा राखिएको थियो । रोस्टरबाट हटाइएका ६८ नेपालीको दक्षिण कोरियाका रोजगारदाताबाट श्रम सम्झौता आइसकेको थियो ।
रोस्टर र श्रम सम्झौता राख्ने काम कोरियाको श्रम मन्त्रालयले गर्ने र भिसा दिने समयमा त्यहाँको कानुन मन्त्रालयले कामदारको अवस्थाबारे जानकारी लिने बेला ती कामदार गैरकानुनी ढंगबाट बस्दै आएको पाइएको हो ।सन् २००८ मा ६ हजार ५ सय रोस्टरमा रहेकामध्ये १ सय २ कामदारलाई सूचीबाट हटाइएको थियो । रोस्टर म्याद सकिएकाले ती कामदारको नामावली सूचीबाट हटाइएको थियो ।
रोस्टरको म्याद दुई वर्षको हुनेछ, त्यसअवधि भित्र कोरिया गइसक्नुपर्छ । २००८ मा रोस्टरमा रहेका कोरिया पुगिसकेका छन् । २०११ मा रोस्टरमा रहेकामध्ये ३ हजार कामदारको श्रम सम्झौता आइसकेको छ । त्यसमध्ये २ हजार ८ सय नेपाली कोरिया पुगिसकेका छन् । बाँकी कामदारको पनि श्रम सम्झौता र भिसा आउने क्रममा छ ।तेस्रोपटक कोरिया भाषा परीक्षाका लागि साढे ५७ हजार युवायुवतीले फारम भरेका छन् । भाषा परीक्षा भदौ ६ र ७ गते हुनेछ । कोरियाले यो वर्ष ७ हजार १ सय नेपाली कामदार लिने घोषणा गरेको छ । ईपीएसअन्तर्गत ९ हजार ५ सय कामदार कोरिया पुगिसकेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !