ज्वाला समूहका जिल्ला इन्चार्ज पक्राउ

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_4827.html
सुरेश बिडारी/महोत्तरी/असार १
जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहका महोत्तरी सर्लाही इन्चार्ज जीवन त्यागी भन्ने इन्द्रजीत यादवलाई मंगलवार भारतीय प्रहरीले सितामढी जिल्लाको सिसर्िया गाउँबाट पक्राउ परेको छ ।
भारतीय क्षेत्रबाट पक्राउ परेका महोत्तरी भ्रमरपुरा गाविस ९ भगवानपुरका यादवलाई नेपाल ल्याउने तयारी भइरहेको छ । सितामढी जिल्लाका जिलाधिकारी र प्रहरी प्रमुख यादवलाई सपुर्दगी गर्ने विषयमा सकरात्मक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । केही समयदेखि यादव भारतको सिसर्िया गाउँबाट अपराधिक कृयाकलाप गरिरहेको बताइएको छ ।
एक बर्ष अगाडि मोर्चाका तत्कालिन महोत्तरी इन्च्ाार्ज धर्म दास भन्ने सुधिर पाण्डेलाई अज्ञात समूहले हत्या गरेपछि यादव यस पदको जिम्मेवारी सम्हाल्दै आएका थिए । दर्जनौं हत्या अपहरण लुटपाट र चन्दा असुलीमा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले २३ बर्षिय यादवलाई सर्वाधिक खोजीको सुचिमा राखेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !