गणक छनौटमा दलिय भागवण्डा ?

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_15.html
वाईपी विनयँ असार १
असार ३ गते देखि सुरु हुने राष्ट्रिय जनगणनका लागि सिन्धुली जिल्लामा खटिने गणक तथा सुपरिवेक्षकको छनौट दलिय भागवण्डाका आधारमा गरिएपछि त्यसको विरोध सुरु भएको छ । जिल्ला जनगणना कार्यालयले जिल्ला शिक्षा कार्यालयलाई ३०० भन्दा वढि गणकको नाम छनौट गरि पठाउन भनेपछि शिक्षाले तीन दल निकटका शिक्षक संघ संगठन र राष्ट्रिय शिक्षक संगठनलाई शिक्षकको नाम उपलब्ध गराउन अनुरोध गरेको थियो ।
ती संगठन हरुले शिक्षकको नाम छनौट गर्दा आफ्ना संगठन प्रति आस्था राख्ने शिक्षकहरुलाई मात्र गणकको रुपमा सिफारिस गरेपछि अन्य शिक्षक तथा सर्वसाधारणले यसको विरोध गरेका छन् । शिक्षक संस्थाहरुले आफु निकटका गणहरुलाई प्रति गणक रु एक हजार तथा सुपरिवेक्षकलाई प्रति सुपरिवेक्षक रु दुई हजार आ-आफ्ना संस्थालाई सहयोग उपलब्ध गराउने गरि नाम सिफारिस गरेको बुझिएको छ ।
तर शिक्षक संघ संगठनका पदाधिकारी तथा गणकमा छनौट भएका कसैले पनि यो कुरालाई स्विकार गरेनन् । पैसा उठाएको बारे बुझ्दा नेपाल शिक्षक संगठनका सचिव टिकाबहादुर देवकोटाले गणक छनौट तीन संगठन विच भाग वण्डा भएको स्विकार गरे पनि आफुहरुले छानिएका बाट रक मभने नमागेको दावि गरे । तर छनौटमा नपरेका शिक्षकहरुले भने पैसा दिने शर्तमा मात्रै नाम सिफारिस गरिएको दावि गर्दे आफुहरु ति संगठनप्रति खुलेर आस्था नराख्ने र रकम पनि नदिने भएकाले छनौटमा नपरेको वताए उनिहरुले रकमको लनेदेन भएपनि सार्वजनिक रुपमा वेइज्यती हुने भएकाले गोप्य रुपमा रकमको लेन देन गरिएको र गणकमा खटिदा दश बाह् हजार आम्दानी हुने भएकाले गोप्य रुपमा एक हजार दिन छनौटमा परेका शिक्षकहरु सहमत भएको बुझिएको छ ।
तीनवटा संगठनले ३०० भन्दा बढि गणकबाट तीन लाख तथा ८० भन्दा बढि सुपरिवेक्षकबाट डेड लाख भन्दा बढि पैसा उठाउने तयारी गरेको बुझिएको छ । गणक सिफारिसका सम्बन्धमा जिल्ला शिक्षा कार्यलयमा बुझदा जिल्ला शिक्षा अधिकारी चन्द्रमणि लुइटेलले शिक्षा कार्यालयले शिक्षक संगठनहरुलाई गणक सम्बन्धित गाविस नगरपालिकाको हुनुपर्ने फोटो सहितको मतदाता परिचयपत्र अभियानमा सहभागि भइसकेका हुन नहुने ४० प्रतिशत अनिवार्य महिला सहभागि हुनुपर्ने र सबै पक्षलाई समेटिएको हुनुपर्ने सर्त सहित छनौट गर्न भने को बताए । उनले यी सर्त उल्लघन गरि सिफारिस गरिएको पाईए तीनलाई कारवाहि गरिने बताए । तर शिक्षक संगठनहरुले गरेको सिफारिसमा कतिपय फोटोसहितको मतदाता नामावलिमा समावेश भई सकेका र अधिकांश शिक्षक संघ संगठन तथा राष्ट्रिय शिक्षक संगठनको सकि्रय राजनितिमा सहभागि भएका शिक्षकहरु मात्रै रहेका छन् ।
गणक छनौट कार्य भेदभावपूर्ण भएपछि आदिवासि जनजाति महासंघ जिल्ला शाखा सिन्धुलीले यस अघिनै छनौट प्रकि्रया प्रति असहमति जनाउदै आदिवासि जनजातिहरुलाई गणकको रुपमा नसमेटिएकोमा त्यो वर्ग र समुदायको वास्तविक तथ्याङ्क आउन कठिन हुने भन्दै जनगणनाको अनुगमन गर्न विशेष संयन्त्रनै गठन गरेको छ ।
शिक्षक संगठनहरुले गरेको छनौट प्रति आक्रोस पोख्दै एक शिक्षकले दलिय राजनीतिमा सकि्रय नभए आफ्नो योग्यताले जानेको ज्ञान समेत विद्यार्थीलाई बाड्न नसक्ने वातावरण सृजना गर्ने कार्यमा शिक्षक संग संगठन लागेको आरोप लगाए । संगठनको राजनीतिमा लागेकाहरुले फोटो सहितको नामावलि संकलन र जनगणना दुवैमा काम गर्ने मौका पाएको भन्दै उनले आक्रोश पोखे ।
उनले भने -कुनै न कुनै संगठनको पुच्छर नवने विद्यार्थी पढाउन पनि नपाउने बातावरण बनाई सके यसको सुधार हुन आश्यक छ । यसका लागि पहिले शिक्षक नेता हुँ भन्नेहरुलाई सुधारर्नु पर्ने बताए । शिक्षक नेताहरु आजकाल विद्यार्थीको पढाइ भन्दा पनि संगठनहरुको आम्दानी प्रति चिन्ति भएको सहकारी खोल्ने शिक्षकहरुबबाट पैसा बटुल्ने विद्यार्थीबाट शुल्क अशुल्ने कार्यमा उद्यत रहेको उनको आरोप थियो ।
विद्यार्थीको पढाई भन्दा शिक्षकका अन्य व्यवसायनै प्राथमिकतामा छन् यसले जिल्लाको शैक्षिक गुणस्तर माथि उकास्न सक्दैन योग्य शिक्षक राजनीतिक पुच्छर नभएका कारण पछाडि परेको छ जिल्ला सदरमुकाम र छेउछाउका स्कुलहरुमा तिनै संगठनको दवावमा आवश्यक भन्दा वडि शिक्षक राखिएको तर गाउँमा शिक्षकको अभाव भएको भन्दै शिक्षामा राजनीतिक हस्तक्षेप बन्द गर्न उनले माग गरे ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !