"इतिहासमा कोरिनु अघि"


 
 
ए साल्दाइ!
नाथे एक इन्ची आलिको निहुमा
के सिमाना मिचियो भन्दै बाझ्छौ छिमेकी सँग ?
उ उता दक्षिणमा हेर त!
देशकै दशगजाको साध मिचिएको
खै त किन कानमा तेल हालेको ?
 
घरमा मिठो पाक्दा बाडेर खाने
जोरोले ल'डाको बेला तातो पानी पिलाउने
एकै छिनमा बिर्सेउ है
हल्दार बाजेको गुण
तिम्रा आलिमा घास काटेको निहुमा ।
उ हेर! ति दक्षिणी छिमेकी भनउदा
रात बिरात देशकै आलिमा
अमुल्य जडिबुटी काट्दै छ्
राता-रात मासु निलेर
अस्थिपन्जर केलाउदै छ
खोइ त तिम्रा रुखिला स्वर ?
किन पट्टी लगाएउ मुखमा ?
 
एउटै स्कूलमा पढ्ने साथि
एकै साथ हिड्दा
अस्ती भखरै हैन तिम्ले
त्यो फुच्चो सन्तेलाई भकुरेको
तिम्रा छोरी जिस्कायो भनेर ?
उ हेर! तिम्रा दक्षिणी छिमेकि
जस्लाई तिमी अशल भन्छौ
आज तिम्रो देशको
अश्मिता माथी खेल्दै छ
किन प्रतिकार गरेनौ ?
किन हतकडी लायौ आफैलाई ?
 
कुलो मोडेको निहुमा
हर्के दाइ सँग पाखुरा निमठेउ
धेरै फलाउने भो भन्ने डाहले ।
लौ हेर! तिम्रा दक्षिणी छिमेकिले
कोशी र महाकालिमा बाध हालेर्
देशलाई बाझो सरगरा बनायो
खोइ चुइक्क बोलेउ ?
नदेखेझै बुझ पचायौ ।
 
हल्दार बाजे त तिम्रा छिमेकि
मर्दा नि चाहिन्छ बाच्दा पनि
इतिहास पल्टाएर हेर त!
कहिले कामलागे हाम्रा देशलाई
ती
छिमेकी भनउदा दक्षिणका मिचाहाहरु।
 
भो हौ सल्दाइ!
छोड अब खुरापाति
बरु बोलाउ हल्दार बाजे, सन्ते अनि हर्के दाइलाई पनि
उद्ध्याउ ति तिम्रा खिया लागेको खुकुरि
फुकाउ दही जमेका तिम्रा मुट्ठिहरु
खोल ति मौनताका पट्टिहरु
कतीनजेल सहन्छौ दक्षिणी मिचाइ ?
नत्र भोली तिम्रा छोराले बोलेको
भाषा नबुझिएला
तिम्रो देश इतिहासको पानामा कोरिएला ।
 
 




भरत के सुनुवार "भरोशा"
टाडी - ०९, सिन्धुली नेपाल
हाल : - यु ए इ 


Related

विचाररसाहित्य 4971051059721182570

2 commentsDefault Comments

  1. Siyo banera pasi faali banera niskane, hamro deshko kahani dekhaune rajnitik TV ko remote chalaauna khojne INDIA ko simaa aatikraman ko birudda ma BHARAT daju ko aawaj...atinai saandarvik....Salam Bharat ji ko Kalam (Pen) laai........

    aagyan_raut

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item