सिन्धुलीको भद्रकालीमा करिव ४९ लाखको लागतमा विजुलीवत्ती वल्यो
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_7903.html
सिन्धुली दर्पण/असार ७
सिन्धुलीको भद्रकाली गाविस वडा नम्वर ७ स्थित सरस्वती खोलावाट पाचकिलोवाट क्षमताको लघुजलविद्युत उत्पादन गरी आजवाट वाल्न सुरु गरिएको छ ।
आज सरस्वती डाडाँमा एक कार्यक्रमका विच लघुजलविद्युत आयोजनाको उद्घाटन गरिएको हो । नेपाल तामाङ घेदुङ केन्द्रिय सचिव एव जिल्ला अध्यक्ष काजिमान थिङले लघुजलविद्युत आयोजनाको उद्घाटन गर्नुभएको छ ।
सरस्वती,अधेरी,शिमलटार,सुनडाडा आसपासका ४० घर भन्दा वढी घरधुरी लाभान्वीत हुने सो आयोजना निर्माणका गाविसवाट २ लाख पचास हजार हिमचुली मल्टी परपोच कम्पनी वनेपा वाट ४ लाख ८७ हजार ५ सय उपभोक्तावाट ९ लाख ३७ हजार ६ सय ८७ स्थानिय जनश्रमदानवाट ३ लाख ८० हजार ३ सय गरी कुल ३८ लाख ५५ हजार ४ सय ६६ रुपैयाँको लागतमा लघु जलविद्युत उत्पादन सम्पन्न भएको हो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !