सिन्धुलीमा करोडौंको योजना अलपत्र
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_22.html
मिनकुमार दाहाल/असार ८
एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा कमलामाई नगरपालीका-६ धु्ररावजारमा निर्माण गरिएको सिउरेज ढलको म्यानोल च्याम्वर र कलेक्सन च्याम्वर भत्किएपछि फोहोर प्रशोधन गर्ने उद्देश्यले निर्माण गरिएको सिउरेज ढल एक वर्ष पुग्न नपाउदै प्रयोग विहीन हुने भएको छ । उक्त ढल निर्माण गर्न एशियाली विकास वैंकले ऋण तथा अनुदान स्वरुप १ करोड २४ लाख ४३ हजार रुपयाँ उपलव्ध गराएको थियो ।
गत वर्ष निर्माण गरिएको महत्वकांक्षी सिउरेज ढल निर्माण सम्पन्न हुन नपाउदै ढलको म्यानोल र कलेक्सन च्याम्वर भत्काउदै नगरपालिकाले उपभोक्ता मार्फत धु्ररावजारमा सडकको दायाँ वायाँ ड्रेन बनाएपछि करोडौंको खर्च गरेर बनाएको सिउरेज ढल प्रयोग विहीन बन्न पुगेको हो ।
धुरावजारको सिउरेज ढलको विचको म्यानोल केहि रहन्छ भने सडकको छेउको केहि कलेक्सन च्याम्वर भत्किन सक्छ कमलामाई नगरपालिकाका सव-इन्जिनियर विनोदवावु खकुरालले बताए । उनले नगरपालिकाले गरेको काममा कतै भत्किन गएमा पछि मर्मत गरिदिने बताए । नगरपालिकाको शहरी तथा वातावरणीय सुधार परियोजनाले संचालन गरेको सो योजनावाट घरको भान्छा ट्वाइलेटको फोहोर सिधै कलेक्सन च्याम्वरमा जोडेर टि्रड प्लानमा लगी फोहोर पानी प्रशोधन गर्ने योजना भएको खकुरालले वताउनुभयो ।
इआरएमसी कन्सल ट्यान्सीले सो योजनाको डिजाइन सुपरभिजन गर्ने भएकाले सवै जानकारी हामीलाई थाहा हुँदैन सव-इन्जीनियर खकुरालको भनाई थियो ।
योजनाको डिजाइन अन्तरगत ठेकेदारले काम गरेको छ । ठेकेदारले पनि योजना सम्पन्न गरेकेा छैन् । योजना सम्पन्न नहुँदै स्थानीय उपभोक्ता समितिले सडकको दुवै तिर ड्रेन वनाउदा ठेकेदारले वनाएको कलेक्सन च्याम्वर भत्किएको छ । ठेकेदारले आफूहरुले वनाएको काम भत्किएको भन्दै काम नगर्ने भनेर हिडेको कमलामाई नगरपालीकाका सव इन्जीनियर खकुरालले वताए । कन्सलट्यान्सले योजनाको गतल डिजाइनिङ्ग गरेको कारण यस्तो समस्या आउको उहाँले वताउनुभयो ।
धुरावजारमा नगर पालिकाले सडकको कालो पत्रे गर्न तयारीको लागि ४८ लाख ३३ हजार रुपैयाँ रकम विनीयोजन गरेर काम थालेको छ । सो रकमले सडकको दुवै तिर डे्रन स्ल्याभ कभर र सडकमा सव वेस राख्नु पर्नेछ । सिन्धुलीको योजनाको डिजाइन काठमाडौंमा वसेर इन्जिनियरले गरेको कारण यस्तो समस्या आएको स्थानीय उत्पल खड्काले वताए । धु्ररावजारमा एक पटक पनि इन्जीनियर आएको हामीलाई थाहा छैन् उनले भने । धु्ररावजारकै स्थानीय तेजु विश्वकर्माले करोडौको रकममा निर्माण गरिएको सिउरेज ढलको डिजाइन विगार्ने कन्सलट्यान्सी विरुद्ध आदालतमा मुद्धा हान्ने तयारी गरेको वताए । उस्ले गलत डिजाइन गरेकेा १२ लाख रुपयाँ परियोजनावाट लिएको रहेछ विश्वकर्माले भने । एउटा योजना सम्पन्न नहुँदै सोही योजनालाई प्रभाव पार्ने खालको योजना कार्यालयबाट ल्याउनु दुःखदायी भएको नवराज कोइरालाले बताए । पहिलेको योजना सम्पन्न गर्ने सोच नगरपालिकाको रहेनछ कोइरालाले आरोप लगाउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !