संयुक्त राष्ट्र सङ्घको महासचिवमा फेरि बान की मुन
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_9756.html
प्रेम क्षेत्री/असार ८/नवलपरासी
संयुक्त राष्ट्र सङ्घको महासचिवमा फेरि बान की मुन दोस्रो पटक निर्विरोध चयन हुनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासचिव पदका लागि मुन बाहेक अर्का उम्मेद्वार नभएपछि उहाँ निर्विरोध चयन हुनुभएको हो ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा मतदान हुनुअघि नै गत शुक्रबार उहाँलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरिएको थियो । २००७ देखि संयुक्त राष्ट्र सङ्घको कार्यभार सम्हाल्दै आउनुभएका मुनको कार्यकाल आगामी सन् २०१६ सम्म रहनेछ ।
विश्लेषकहरुका अनुसार मुन निकै उदारवादी हुनुहुन्छ र उहाँको नीतिको समेत धेरैले प्रशंसा गरेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्र महासभाका अध्यक्ष जोसफ डेएसले सधैँ मानवअधिकारको हितमा काम गरेको बताउनुभएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !