३१ वर्षिय नेपालीलाई वेलायतमा विशिष्ट बहादुरी पदक



जेठ २०


बेलायती सेनामा कार्यरत म्याग्दीका दीपप्रसाद पुनले विशिष्ट बहादुरी पदक पाउनुभएको छ । ३१  वर्षिय पुनले बेलायती महारानी एलिजाबेथ  द्वितीयबाट पदक पाएको बेलायती पत्रिका द सनले जनाएको छ । बेलायती सेनामा यो पदक भिक्टोरिया क्रस पछिको दोस्रो मानिन्छ । र, कमै मात्रै दिईने पदकमा पर्छ  । अफगानिस्तानमा तीस जना तालिबान व्रि्रोहीसित एक्लै लडेका पुनले युद्धमा शत्रु विरुद्ध बहादुरी पर्ूवक लडेका बहादुर सिपाहीलाई दिइने अवार्ड कन्सिपीसीयस ग्यालेन्ट्री क्रस -सीजीसी) पाउनुभएको हो । 

अफगानिस्तानका हेलमन्द चेकप्वाइन्टमा आक्रमणमा परेका बेला पुन एक्लैले युद्ध सामाग्री सकिँदासम्म लड्नुभएको थियो । पुनले साहसिक प्रत्याक्रमण गरेर  आफ्ना तीन जना सहकर्मीको ज्यान जोगाएको पनि बेलायती पत्रिका द सनले जनाएको छ । आफूमाथि जाइलागेका तीस आक्रमणकारीसँग एक्लै लडेका पुनले करिब ४ सय राउण्ड गोली र १७ भन्दा बढी ग्रिनेट प्रहार गर्नुभएको थियो । रोयल गोर्खा राइफलको फस्ट बटालियनमा कार्यरत पुनलाई एक समारोहका बीच बेलायती राजदरबार बकिङ्घम प्यालेसमा बहादुरीको अवार्ड दिइएको हो । पदक सहित पुनले १ लाख ३५ हजार पाउण्ड पाउनुभएको छ । सन् २००० मा पोखराबाट बेलायती सेनामा भर्ना भएका पुनका हजुरबुवा र बुवा दुवैजना ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो । पुन अहिले अक्सफोर्डको केन्टमा श्रीमती, एक छोरा र एक छोरीसँगै बस्दै आउनुभएको छ । उहाँ पटक पटक मृत्युबाट बच्नु भएको थियो  सन् २००७ मा ६ महिनाका लागि अफगानिस्तान गएका बेला व्रि्रोहीको आक्रमणमा परि उहाँँगै कार्यरत एक बेलायती सैनिकको ज्यान गएको थियो भने अर्का सैनिक घाइते भएका थिए । २०१० को अप्रिलमा ५ सय जनाको पल्टनमा दोस्रो पटक अफगानिस्तान गएका बेला दर्ुभाग्यवस ३ नेपाली सैनिकको र २ बेलायती सैनिकको ज्यान गएको थियो । आफ्नै अगाडि सहकर्मीहरु मारिएको देखेका पुनमा शत्रुप्रतिको रिस बढ्दै गएको र झनै शुरिलो र चनाखो हुँदै गएको जनाइएको छ ।

 सेप्टेम्बर २०१० मा अफगानिस्तानको हेलमन्द प्रान्तमा आफ्नो पोष्टको नजिकैबाट तालिबानी व्रि्रोहीले आक्रमण गर्दा उहाँका अन्य साथीहरु आफ्नै धुनमा अलि टाढा बस्नु भएको थियो । उहाँकोे यो साहसिक प्रत्याक्रमणले आफूसँगै आफ्ना सहकर्मीहरुको ज्यान समेत जोगाउन सफल भएका थिए ।

 बेलायती पत्रिकाहरुले जनाएअनुसार यस्ता आक्रमण पहिला पनि तालिबानीहरुले गर्दै आएको र तालिबानीहरु विजयी भएर जाने गर्थे । यसैलाई आधार मानेर पुनलाई बहादुरी पुरस्कारका लागि प्रस्ताव गरिएको थियो । हजुरबुवा र बुवा दुवैजना ब्रिटिस आर्मीमा काम गरिसकेको पुन अहिले अक्सफोर्डको केन्टमा श्रीमति, एक छोरा र एक छोरीसँगै बस्दै आउनुभएको छ ।

Related

विश्व 3738273571946383315

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item