सिलान्यास भए पनि माथिल्लो तामाकोसी आयोजनाको काम सुरु भएन


शेरबहादुर भुजेल/दोलखा/जेठ २०

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको औपचारिक रुपमा सिल्यान्यास भए तापनि निर्माण सामान आइनपुगेका कारण मुख्य संरचनाको काम सुरु हुन सकेको छैन ।

आयोजनाको सिभिल संरचनाको काम काम पाएको चिनीयाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको मुख्य सिभिल संरचना निर्माणका लागि ल्याएको मेसिनरी सामानहरु तातोपानी भन्सारमा महिनौंदेखि रोकिएका छन् । रोकिएका सामान एक महिना अघिनै अर्थ मन्त्रालयले सामान छुटाउन निर्देशन दिएको थियो । 

आयोजनाको सुरुङ निर्माणका लागि स्काभेटर डोजरलगायतका निर्माण सामाग्री चीनबाटै झिकाएर केही सामानबाहेक अरु आयोजना स्थल दोलखाको उत्तरी गाविस लामावगर आइपुगेको छैन । केही सामानहरु ल्याउने क्रम जारी रहे पनि मुख्य सामानहरु नआएका कारण निर्माण कम्पनीले औपचारिक रुपमा मुख्य संरचनाको काम सुरु गर्न नसेकेको हो । 

आयोजनाको काम औपचारिक रुपमा सुरु गर्नका लागि प्रधानमन्त्री झलनाथ खनालले दुई साता अघी आयोजनाको सिलान्यास गरेर समयमै पूरा गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै आयोजना प्रमुखलाई तीन सिफ्ट गरेर भए पनि काम गर्न निर्देशन दिनुभएको थियो । अपर तामाकोसी हाइड्रोपावर कम्पनीका निर्देशक मृर्गेन्द्रबहादुर श्रेष्ठले कम्पनीले सामान ल्याउने क्रम जारी राखेकाले मुख्य सुरुङ लगायतको काम सुरु नभएको बताउनु भयो । सामानका कारण मुख्य काम गर्न नपाएपछि सिनोले अहिले सडकको काम मात्र भइरहेको छ ।

Related

स्थानिय 2147484707591099919

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item