प्रधानमन्त्रीसहितको टोली सिन्धुलीको लडाकु शिविरमा
http://sindhulidarpan.blogspot.com/2011/11/news_362.html
सिन्धुली दर्पण,मिसंर १४
टोलीले सिन्धुलीको दास्रो डिभिजनसहित पाँचौ सातौलगायतका डिभिजनहरुको निरक्षण गर्नेछ । शिविर निरीक्षणका क्रममा केही माओवादी लडाकुहरुमा देखिएको असन्तुष्टि स्वेच्छिक अवकास जानेहरुलाई दिने रकमलगायतका विषयमा प्रष्ट पार्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री नेतृत्वको दलहरुको टोली कैलालीको दतालबन्द रोल्पाको दहवन चितवनको शक्तिखोर लगायतका शिविरमा जाने कार्यक्रम रहेको छ । अधिकांस शिविरमा माओवादी लडाकुको पुनर्वर्गीकरण सकिएको छ भने कैलाली र सुर्खेतमा पनि सकिने क्रममा रहेको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा राजनीतिक दलका नेताहरुको टोली आज सिन्धुलीको दुधौली स्थित दुई नम्वर डिभिजन माओवादी लडाकुहरुको शिविर निरीक्षणका लागि निस्किएका छन् । । नेपाली सेनाको हेलीकप्टरबाट बिहान साढे ७ बजेपछि प्रधानमन्त्रीसहित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लडाकु रेखदेख पुनःस्थापना तथा समायोजन विशेष समितिका सदस्यहरु शिविर निरक्षणका लागि आएका हुन् ।
टोलीले सिन्धुलीको दास्रो डिभिजनसहित पाँचौ सातौलगायतका डिभिजनहरुको निरक्षण गर्नेछ । शिविर निरीक्षणका क्रममा केही माओवादी लडाकुहरुमा देखिएको असन्तुष्टि स्वेच्छिक अवकास जानेहरुलाई दिने रकमलगायतका विषयमा प्रष्ट पार्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री नेतृत्वको दलहरुको टोली कैलालीको दतालबन्द रोल्पाको दहवन चितवनको शक्तिखोर लगायतका शिविरमा जाने कार्यक्रम रहेको छ । अधिकांस शिविरमा माओवादी लडाकुको पुनर्वर्गीकरण सकिएको छ भने कैलाली र सुर्खेतमा पनि सकिने क्रममा रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !