माईकल ज्याक्सनको मृत्युको विषयमा उनका निजी डा.मरेलाई चार वर्ष जेल सजायँ

काठमाण्डौ,मसिर १४

अमेरिकाको एक अदालतले माईकल ज्याक्सनको मृत्युको विषयमा उनका निजी डाक्टर कोनराड मरेलाई चार वर्ष जेल सजायँ सुनाएको छ । ६ हप्तासम्म चलेको सुनुवाईपछि अदालतले डा।  कोनराड मरेलाई माईकल ज्याक्सनको अनजानमा हत्या गरेको भन्दै दोषी ठहर गरेको हो ।

डा। मरेविरुद्ध ६ हप्तासम्म ४९ जना साक्षीसँग बयान लिनुका साथै ३ सयभन्दा बढि प्रमाण पेश गरेको बीबीसीले जनाएको छ । न्यायाधीश माईकल पास्टरले अनैच्छिक हत्याका लागि अधिकतम चार वर्ष जेल सजायँ सुनाएका हुन् ।

प्रमाणको आधारमा डा. कोनराड मरेले लगातार झुट बोल्दै चाल चलिरहेको र पैसा कमाउने ध्याउन्नमा डाक्टरको मर्यादा र कर्तव्यको पालना नगरेको न्यायाधीश पास्टरले बताएका छन् ।

Related

विश्व 1215681172782979532

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item