ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2011/12/accident.html
मधसुधन गुरागाईं,
बनेपा,पुस, ७
बिपी राजमार्गको कटुन्जे गाविस–१ स्थित लासकोट भन्ने ठाउँमा विहीबार अपरान्ह ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलका चालकको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुलीबाट बनेपातर्फ आउँदै गरेको बा ४८ प ७४४० नम्बरको मोटरसाइकललाई बनेपाबाट मङ्गलटारतर्फ जाँदै गरेको बा २ ख ७५९९ नम्बरको ट्रिपरले ठक्कर दिएको प्रहरीले बताएको छ । ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक सिन्धुलीका दीपेन्द्र कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार उमशे थपलियाले जानकारी दिए । घटनासम्बन्धमा थप जानकारी आउँदै रहेको उनको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !