लत्ताकपडा सकंलन गदै एसएमयुथ

http://sindhulidarpan.blogspot.com/2011/12/sports_22.html
बर्दिबास पुष ७
कुहिरोको कहर बाट प्रभावित महोत्तरी धनुषा र सर्लाहीमा "सेवा गर्न हात होइन मन चाइन्छ" भनाइलाई युवाहरुले व्यवहारमा उतार्ने भएका छन् । लगातारको शितलहरीकाट तराइको गरिब बस्ति प्रभावित भएको बेला प्रसाशन मौन भए पछि एस एम युथ स्पोर्टस् क्लब जनकपुरको पहलमा हेल्प नेपाल र गोल नेपालले क्लथ बैँक मार्फत गरिबहरुलाई जाडोमा कपडा बाडन सकि्रय भएका छन् ।

अत्याधिक चिसोले कठयाङग्रीएर महोत्तरीमा मात्रै मर्नेहरुको संख्या मंगलबार साझ सम्म १५ पुगेको छ । मृत्य हुनेमा हरिहरपुर हरिनमरी ६ का ६३ वर्षीय एक बृद्धा सोनौल -२ का ५२ वर्षिय शान्ति देवी सुगा-५का १३ वर्षिय विद्यार्थी लाल मोहम्मद धोवी मटिहानी -६ स्थित लक्ष्मीनारायण मठ मटिहानीका साधु ९० वर्षिय लक्षमण दास वैष्णव दलित आन्दोलनका अगुवा एवम् एमाले नेता हरिहरपुर हरिणमरी ९ का ७० वर्षीय उत्तिम सरदार र साँढा जाउखका ६५ वर्षीय अघनु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।शान्ति र धोविको सोमबार विहान वैष्णव र सरदारको आईतबार र मण्डलको एक सता उता चिसोले कठयाङग्रीएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै िसंग्याही -२ का महेन्द्रराउतसोनिया पासवानभवरी पासवानइल्यामण्डलिसंग्याही-१ का मौजे ठाकुर बातर िसंग्याही ५ का सोनावती वातर नैन्ही -४ कमा रामानारायण पाण्डेय मनरा ४ का वनारसी देवी र वथनाहाका प्ाप्पु झाको चिसोले कठयाग्रीएर मृत्यु भएको हो । यीनीहरुको गएको एक साताको अन्तरालमा मृत्यु भएको स्थानियहरुले जनाएको छ तर जनस्वास्थ्य कार्यालय र जिल्ला प्रसाशन कार्यालयले सबैको मृत्यु चिसो कै कारणले मृत्यु नभएको जनाएको छ । महोत्तरीमा हाल सम्म कुनै चिसो बाट पिडितहरुका लागि राहतको कार्य ुाचालनमा आएको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !