नेपालको लागि डिजेल प्लान्ट सेतो हात्ती ः आपूर्तिमन्त्रीको टिप्पणी ॥

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_2429.html

१५ पुस, काठमाडौं ।
सरकारले लोडसेडिङ अन्त्यको लागि डिजलबाट साचालन हुने थर्मल प्लान्ट ल्याउने तयारी गरिरहेको बेला वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले थर्मल प्लान्ट नेपालको लागि उपयुक्त नभएको दावी गर्नुभएको छ । रिपोर्ट्स्र क्लब काठमाडौमा मन्त्री भट्टले थर्मल प्लान्ट नेपालको लागि थेग्नै नसक्ने सेतो हात्ती सावित हुने चेतावनी दिनुभयो । जुन देशमा डिजेल छैन त्यो देशमा डिजेल प्लान्ट उपयूक्त हुन सक्दैन भन्दै मन्त्री भट्टले डिजेल प्लान्टको साटो ट्रान्समिसनलाईन निर्माण सोलर उर्जाको विकास र साना जलविद्यूत विकासमा लाग्नु उपयूक्त हुने बताउनुभयो । केही तत्वले कमिसनको हिसावमा प्लान्ट खरिदको योजना बनाएको हुनसक्ने आशंका गर्दै उहाँले एक साता भित्रमा अहिले देखिएको पेट्रोलियम पदार्थको अभाव अन्त्य हुने दावी गर्नुभयो । पेट्रोल र मट्टीतेलको मूल्य भने भारतमा कायम हुने मूल्यकै आधारमा मूल्य समायोजन गर्दै जाने बताउँदै उहाँले किसान विद्यार्थी र आन्दोलनका सहिद घाईते परिवारलाई राहत दिने गरी नयाँ योजना समेत तयार पारिएको जानकारी दिनुभयो ।
विचको बाटोबाट पार्टी भित्रको विवाद अन्त्य हुने दावी ॥
मन्त्री भट्टले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव र उपाध्यक्ष मोहन बैद्यको फरकमतको विचको बाटोबाट पार्टीभित्रको अन्र्तसंघर्षको अन्त्य हुने दावी गर्नुभयो । खुल्ला समाजमा पार्टी आउँदा समेत सोही अनुसारको सांगठनिक संरचना निर्माण गर्न नसक्दा पार्टीभित्र समस्या देखिएको दावी गर्दै भट्टले उपाध्यक्ष बैद्यको भोलीको क्रान्तिको चिन्तालाई संबोधन गर्दै एकता संघर्ष र रुपान्तरणकै विधिबाट विवादको समाधान गरिने बताउनुभयो । पार्टी भित्र अहिलेके भन्दा चर्का अन्र्तसंघर्षहरु चल्दै आएको उल्लेख गर्दै कम्यूनिष्ट पार्टीभित्र टुट फुटको विषय नौलो नभएको समेत उहाँको भर्ना थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !