अधिकांस विवादित विषयमा सहमति जुटायौंः संयोजक प्रचण्ड



काठमाडौं १५ पुस
विवाद समाधान उपसमितिले संविधान निमार्णमा देखिएको विवादित मध्येका अधिकांस विषयमा सैद्धान्तीक सहमति जुटाएको छ । िसंहदरवारमा आज वसेको वैठकले राज्यपुर्नसंरचना वाहेक अधिकांस वुदामा सहमति जुटाएको हो । वैठक पछि पत्रकारहरुसँग उपसमिति संयोजक प्रचण्डले अधिकांस विवादित विषयमा सहमति जुटिसकेको र सहमति जुट्न बाँकि केही विषय भोली वस्ने संवैधानीक समितिमा छलफल हुने जानकारी दिनुएको छ ।

संविधान निमार्णको पछिल्लो कार्यतालिका अनुशार राज्य पुर्नसंरचना वाहेक विवादित सवै विषयमा आज अर्थात पुस १५ सम्ममा सहमति जुटाईसक्नुपर्ने रहेको छ ।

उपसमिति अन्र्तगत गठित समितिले राज्यपुर्नसंरचना वाहेकका १४ विवादित वुदा मध्ये १३ वुदामा सहमति जुटाएको थियो । संविधानमा संसोधनीय धारा राख्ने वा नराख्ने भन्ने विषयमा सहमति जुटाउन सकेको थिएन ।

कार्यदलमा भएका सहमतिलाई आजको वैठकले अनुमोदन गरेको सदस्यहरुले वताएका छन् । आजको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख सुवास नेम्वाङवाहेक पाँच सदस्यमात्र सहभागी थिए । काँग्रेस नेता पौडेल आमाको निधनपछि काजकिरियामा चितवनमा रहनुभएकाले उहाँको सट्टा महामन्त्री प्रकाशमान िसंहले बैठकमा प्रतिनिधित्व गर्नुभएको थियो ।

आज सहमति जुटेको विषयमा संवैधानिक समतिमा सहमति हुन नसके आगामी २१ गतेदेखि निर्वाचनको प्रकि्रयामा प्रवेश गर्नेछ । उपसमितिले संविधान निमार्णमा देखिएका २ सँय १० विवाद मध्ये १ स्ाँय १६ ओटा विवादित विषयमा यस अघि नै सहमति जुटाईसकेको थियो ।

Related

स्थानिय 7404156805378544973

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item