कार्यतालिका प्रभावित हुदैनः नेम्वाङ ॥

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_9944.html

१५ पुस, काठमाडौं ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी जेठ १४ गते संविधान जारी गर्ने गरी तयार संविधान लेखनको आगामी कार्यतालिका प्रभावित नहुने बताउनुभएको छ ।
तोकिएको समयमै संविधान जारी गर्नु नै अहिले उठेका सबै बिषयको समाधान भएको उहाँको भनाइ छ । दक्षिण एसियाका लागि मानव अधिकारले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेम्वाङले कार्यतालिका अनुसार विवाद समाधान उपसमितिले आफ्नो काम समयमै सम्पन्न गरेकोले आगामी काम पनि कार्यतालिका अनुसार नै हुने बताउनुभएको हो ।
उपसमितिले सहमति गरेका बिषयमा संवैधानिक समितिले भोलीदेखि नै छलफल सुरु गर्ने जानकारी गराउँदै नेम्वाङले सहमति नभए मतदानको प्रकि्रयाबाट निर्णय गरिने जानकारी दिनुभयो ।
यसैबीच संविधान निर्माणमा भएको सहमतिवारे नेम्वाङले राष्ट्रपति रामवरण यादवलाई जानकारी गराउनु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो भएको भेटमा सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको काम सुचारु ढंगले अगाडि बढिरहेको जानकारी गराउनुभएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !