अब राष्ट्रिय सरकारको नेतृत्व नेकाले पाउनुपर्छ - कोइराला,राष्ट्रिय अखण्डता थप सुदृढ हुनेगरी केही प्रदेश आवश्यकः सिटौला

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_9822.html

पसा्र १५ पुस ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अब सरकारको नेतृत्व नेपाली काँग्रेलाई पाउनुपर्ने दाबी गर्नुभएको छ ।
प्रेस युनियन पसा्रले आज वीरगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सभापति कोइरालाले शान्ति प्रकि्रया र संविधान निर्माणको कार्यले गति लिन नसकेकोले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व काँग्रेसले पाउनुपर्ने बताउनुभयो ।
विभिन्न बहानामा बखेडा झिकी शान्ति र संविधानको कामलाई अड्काउने काम भएकै कारण समयमै शान्ति र संविधानको कार्य पुरा गर्न्र काँग्रेसले सरकारको नेतृत्वको आवश्यकता रहेको उहाँको भनाई थियो ।
मुलुकलाई निकास दिन शान्ति र संविधानतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा सभापति कोइरालाले जोड दिनुभयो । सभापति कोइरालाले मुलुकमा व्यक्तिभन्दा कानुनको शासन हुनुपर्छ भन्दै न्यायपालिकाले दिएको फैसलालाई सबैले मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
चितवन पुस १५
नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अखण्डता अझ सुदृढ हुनेगरी संघीय राज्य निर्माण गरिने बताउनुभएको छ ।
शासन सत्तामा जनताको प्रत्यक्ष सहभागिता हुनेगरी स्थानीय प्रदेश र केन्द्रिय सरकार नेपालका लागि आवश्यक रहेको भन्दै उहाँले सामथ्र्य र पहिचानको आधारमा संघीयता निर्माण गरिने बताउनुभयो । प्रजातान्त्रिक विचार समाज चितवनले वीपीको राष्ट्रिय मेलमिलापको सन्दर्भ र राज्यको पुनःसंरचना; विषयक विचार गोष्ठीमा बोल्दै उहाँले केही प्रदेश मात्र निर्माण गर्नु उपयुक्त हुने धारण राख्नुभयो । देशको राष्ट्रियता अखण्डता र सार्वभौमिकतामा असर नगर्नेगरी संघीय राज्य निर्माण गरिने उहाँले प्रष्ट पार्नुभयो । महामन्त्री सिटौलाले शान्ति र संबिधान निर्माण प्रकृया तोकिएको समय भित्रमै पुरा हुने दावी समेत गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !