हरिहरक्षेत्र महोत्सव २०६८ को तयारी सम्पूर्ण तयारी पुरा



पुस १५ सुरेश बिडारी लालबन्दी सर्लाही
सर्लाहीको कर्मैयामा भोली देखि सुरु हुन गैरहेको हरिहरक्षेत्र महोत्सव २०६८ को तयारी सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जनाएको छ ।

कर्मैयामा भोली देखि आउँदो पुष १८ गतेसम्म अर्थात सन २०११ डिसेम्बर ३१ देखि सन २०१२ जनवरी २ सम्म हुन गैरहेको हरिहर क्षेत्र महोत्सव २०६८ को तयारी पुरा भएकॊ एमालेका पूर्व जिल्ला संयोजक रेवती पन्तले जानकारी दिनुभयो ।
"धार्मिक ऐतिहासिक र पर्यटकीय स्थान राष्ट्रिय स्तरमा हरिहर क्षेत्रको पहिचान" भन्ने मुल नाराका साथ साचालन हुने महोत्सव मार्फत कर्मैयामा रहेको हरिहर क्षेत्र र वुद्ध शान्ति तपोवनलाई देश विदेशमा चिनाइने महोत्सव मुल आयोजक समितिका संयोजक कमल पौडेलले जानकारी दिनुभयो ।

आज महोत्सवको तयारीका बारेमा आफ्ना उपसमितिले गरेको कामहरुको बारेमा जानकारी लिन बसेको मुल समारोह समितिको बैठकमा अतिथी सत्कार झाँकी प्रदर्शनी लगायतका विभिन्न जिम्मेवारीहरु सन्तोष जनक रुपमा गरेको पाइएको उहाँले बताउनुभयो । वैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया प्रहरी उपरिक्षक राम प्रसाद श्रेष्ठ सशस्त्र प्रहरी उपरिक्षक मोहन केसी र ट्राफिक प्रहरी निरक्षक जनक चौधरी लगायतले महोत्सवको सुरक्षाको प्रतिवद्धता जनाउनु भएको थियो ।

Related

विविध 5156477792209043943

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item