सिन्धुली द्धन्द्ध पीडितलाई ५ करोड राहत

१६ पुस /चीना थापा सिन्धुली

शसस्त्र द्धन्द्धका समयमा पीडित परिवारका लागि सिन्धुलीमा ५ करोड रुपैया राहत रकम वितरण गरिने भएको छ । शान्ति तथा पुन ः निर्माण मन्त्रालयको राहत तथा पुन ः स्थापना ईकाइबाट प्राप्त रकम वेपत्ताका आफन्त बेपत्ताकी पत्नी घाईते र सम्पतिका क्षति हुनेहरुलाई घट्नाको विरिण हेरी उक्त रकम वितरण गरिने भएको हो । हाल सम्म १४० जना मृतकका आफ्न्त ९ जना वेपत्ता ७ जना घाइते र ११ जनालाई सम्पतिको क्षेतिको आधारमा कुल ३ करोड ८ लाख ८६ हजार ४ सय ५८ रुपैया राहत रकम वितरण गरिसकेको लेखापाल राजनप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा द्धन्द्धका क्रममा २ सय २८ जना मृतक १५ जना वेपत्ता ७ जना घाइते र ११ जनाको सम्पति क्षति भएकाहरुको तथ्याङ्क रहेको छ । सरकारले द्धन्द्धका क्रममा मृत्यु भएका र वेपत्ता भएकाहरुको आफ्न्तलाई जनही तिन लाख रुपैयाको दरले राहत रकम उपलब्ध गराएको छ । सोही आधारमा यस अघि राहत रकम वुझ्ने र बुझ्न बाँकी रहेकाहरुका लागि अझै १ करोड ८९ लाख रुपैया वितरण गर्न बाँकी रहेको समेत लेखापाल काफ्लेले जानकारी दिनुभयो । मृतकका आफ्न्त मध्ये ८८ जना र ६ जना वेपत्ताका आफ्न्तलाई थप राहत रकम वितरण गर्न उक्त रकम अपुग भएकाले उनीहरुका लागि थप रकम उपलब्ध गराईदिन मन्त्रालयमा पत्राचार गरीएको र रकम प्राप्त भए लगतै राहत वितरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Related

अर्थ 2487870916056037343

1 commentDefault Comments

  1. yo ta yekdamai khusiko kura ho ni yesko lage nepal sarkarlae dherai dherai dhanyabade kina ki kamse kam donda pedete ko man ali santa ta huncha ni

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item