सहकारीमा सहकार्यको आवश्यकता रहेको बक्ताहरुको जोड

http://sindhulidarpan.blogspot.com/2011/12/news_31.html
उमा पौडेल/चीना थापा,
पुस १६.सिन्धुली
जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेड सिन्धुलीको प्रथम वार्षिक साधारण सभा आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष विष्णु प्रसााद देवकोटाको अध्यक्षता तथा पशु सेवा कार्यालय सिन्धुलीका वरिष्ठ पशु सेवा अधिकृत रविलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिन्धुलीगढी दूग्ध उत्पादन सहकारीका सुर्यप्रशाद धिताल वदि्रनाथ देवकोटा लगायतले सहकारीमा लाग्ने व्यक्तिले सहकार्य गरेर मात्र अगाडि बढाउन सकिनेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले अहिले सहकारी च्याउसरी उम्रेको कारणले सहकारीको विकास हुन नसकेको जिकिर गर्नुभयो । साथै उहाँले सहकारीका ५ वटा सिद्धान्तलाई अगाडि वढाएर लग्यो भने मात्र सहकारीको विकास हुने दावि समेत गर्नुभयो । जिल्लामा दूधको मात्र अपुग भएकाले यसलाई बढाउनको लागि उन्नत जातका पशुहरु ल्याउनुपर्ने समेत उहाँले औल्याउनुभयो । कार्यक्रममा सिन्धुलीको ग्रामिण स्तरमा रहेका विभिन्न दूग्ध सहकारीका प्रतिनिधि विभिन्न सहकारीका प्रतिनिधी लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !