सरकार अहिले सम्मकै असफल:उपाध्यक्ष बैद्य


काठमाडौ १६ पुस

एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको बर्तमान सरकार अहिलेसम्मकै सबैभन्दा असफल रहेको टिप्पणी गर्नुभएको छ ।
रिपोर्टस्र क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा उपाध्यक्ष बैद्यले भट्टराईलाई तत्काल राजीनामा दिएर सरकारबाट फिर्ता हुन सुझाव दिनुभएको छ । उहाँले पार्टीले सरकार सन्चालनका लागि ७ जना पदाधिकारीहरुको संयन्त्र निर्माण गरेपनि अहिलेसम्म सरकार सन्चालनका विषयमा छलफल नभएको बताउनुभयो ।
उहाँले पार्टी भित्र संस्थापन पक्षले निषेधको राजनीतक पद्धति सुरु गरेको भन्दै नेतृत्वका चर्को आलोचनापनि गर्नुभएको छ ।
यसैवीच उपाध्यक्ष बैद्यले अध्यक्ष पुष्पकमल दाहाल संयोजकत्वको विवाद समाधान उपसमितिले गरेको सबै सहमति उल्टाईदिने चेतावनी दिनुभएको छ । उहाँले पार्टीको भावना विपरित सहमतिको नाममा अध्यक्ष दाहालले सबै मुद्दाहरु छाड्दै गएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ुअध्यक्षले गलत गलत सहमति गर्दै जानु भएको छ सबै उल्टिन्छ ।

Related

राष्ट्रिय 7940246075463385836

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item