बिपी राजमार्गमा अझै अवैध सिण्डिकेट

सिण्डिकेट गर्दै आएका व्यवसायीवीचको हानाथापले यात्रुलाई कष्ट
मधुसुधन गुरागाईं
बनेपा,पुस १६
बिपी राजमार्गबनेपा-सिन्धुली-बर्दिवासमा सिण्डिकेट कायम गर्दै आएका दुई यातायात व्यवसायी समितिवीचको झगडाबाट यात्रुहरु फेरि मर्कामा पर्न थालेका छन् । यसको पछिल्लो उदाहरण शुक्रबार विहान काठमाडौंबाट बनेपा हुँदै घुर्मीसम्म जाने एक बसमा यात्रुहरु चढेकै अवस्थामा एक्कासी तोडफोड हुनु रहेको छ ।
ुविहान साढे पाँच बजे चावहिलबाट बस छुटेको थियो । बनेपामा आइपुग्नासाथ बस रोकेर ढुंगा हान्न थाले । धन्न ज्यान जोगियोु ओखलढुंगा जाँदै गरेका रमेशकुमार नेपालले भने ुबस चलाउनेहरुवीच झगडा हुने थाहा भए बरु लामो बाटो नारायणगढ-हेटौंडा हुँदै घर फर्कने थियौं उनले थपे ।
हिमाल-तराई यातायात सेवा समितिसम्बद्ध वस व्यवसायीहरुले बनेपाको व्यस्त सडकमै बस रोकेर ढुंगा प्रहार गर्दै बस चालक र सहचालकलाई दुव्र्यवहार गरेका थिए । बसको सिसा फुटेर लाग्दा दुई यात्रु घाइते समेत भएका छन् ।
सडकवीचमै एक्कासी तोडफोड हुन थालेपछि चालकले बसलाई बनेपा बसपार्क भित्र हुलेका थिए । एकाबिहानै चिसोमा बनेपा आइपुगेका यात्रुहरुको बसपार्कमै विचल्ली देखिन्थ्यो ।
४० यात्रु रहेको बसमा खोटाङ ओखलढुङ्गालगायत पहाडी जिल्ला जाँदै गरेका महिला र केटाकेटीको बाहुल्यता थियो । बसमा आक्रमण भइरहँदा घटनास्थलको सय मीटर पर रहेको इलाका प्रहरी कार्यालयबाट कोही नआएकोमा यात्रुहरुले गुनासो गरे ुदशा लागेर बनेपा हुँदै आइएछ । मरिएला जस्तो लागेको थियो धन्न बाँचियोु खोटाङकी मैया थापाले भनिन् ।
बनेपाबाट घुर्मी गएको बा ३ ख ५५५ नम्बरको बस सहित नौ वटा बससँग केही दिन अघि अवैधरुपमा पाँचहजार पाँचसयका दरले रकम माग गरिएकोले शुक्रबार अवरोध गरिएको हिमाल-तराई समितिका पदाधिकारीको भनाई छ ुपैसा नदिए चलाउन नदिने भन्दै उदण्ड शैलीमा खाली बस फिर्ता पठाएकाले अवरोध गर्नु परेको होु ती पदाधिकारीले भने ।
मध्यपहाडी यातायातका इन्चार्ज हरिराम थापाले भने खुर्कोटदेखि रत्नावती हुँदै घुर्मीसम्मको बाटो सुधार गर्दा लागेको खर्च दामासाही व्यहोर्नु पर्छ भनिएको दाबी गरे ुअघिल्लो वर्ष पुसमा काभ्रे प्रशासनमा एक महिनामै बस साचालन व्यवस्थित गर्छौं भनेर सबै समितिवीच सहमति भएकोमा वर्ष दिन वित्दा समेत कार्यान्वयन नगर्ने अनि बस तोडफोड गरेर हिमाल-तराईले दादागिरी गर्नेु थापाले आपत्ति जनाए । यही पुस १३ गते पनि काठमाडौंबाट घुर्मी जान लागेको बा२ख ९८६५ नम्बरको बसलाई पनि व्यवसायीहरुले बनेपामा अवरोध गरेका छन् ।
काठमाडौंबाट उदयपुरको कटारीसम्म जान अर्को मार्ग नारायणगढ-हेटौंडा हुँदैप्रयोग गर्दा ३ सय ८७ किलोमिटर पर्छ । बिपी राजमार्गबाट जाँदा १ सय २५ किलोमिटरमात्र पर्छ । यसैले पनि सिन्धुलीका बस व्यवसायीहरुले मध्यपहाडका विभिन्न पाँच जिल्लाबाट काठमाडौं आउन सोझो छिटो र सस्तो पर्ने भएकाले बिपी राजमार्गमा बस चलाउन थालेका हुन् ।
तर जापान सरकारको सहयोगमा बन्दै गरेको बिपी राजमार्गलाई नेपाल सरकारलाई हस्तान्तरण गरि नसकेकाले सरकारले कसैलाई पनि सवारी इजाजत पत्र दिएको छैन । अरुले चलाउन पाउने हामीले किन नपाउने भन्दै यही मौका छोपेर काभ्रे र सिन्धुली जिल्लाका गाडीधनी व्यवसायीहरुले कानूनले नै खारेज गरिसकेको सिण्डिकेटलाई विभिन्न नाममा जबर्जस्ती लाद्दै आएका हुन् ।
यस राजमार्गमा हिमाल-तराई यातायात सेवा समिति मध्यपहाडी यातायात सेवा समिति बिपी राजमार्ग यातायात सेवा समिति सिन्धुली यातायात व्यवसायी सेवा समिति नाममा अघोषित सिण्डिकेट जारी छ ।
स्थानीय प्रशासनले संस्था दर्ता ऐन २०३४ अनसार दर्ता गरेका यी समितिहरुलाई विभिन्न शर्तहरु पालना गनुपर्ने शर्तमा दर्ता गरेको छ । जसमा प्रतिस्पर्धात्मक रुपमा सवारी चलाउनु पर्ने चक्रप्रणालीसिण्डिकेटव्यवस्था गर्न नपाइने प्रचलित कानून विपरित हुने कार्य गर्न नपाईनेजस्ता शर्तहरु रहेको छ । तर कुनै पनि समितिका पदाधिकारीलगायत बस व्यवसायीहरुले शर्तको पालना गरेका छैनन् ।
गत वर्ष पुसमा पनि बा२ख ५७८५ नम्बरको कुसुम यातायात र ना४ख ३४५७ नम्बरको सुनकोसी एक्सप्रेसका बस धुलिखेलको बसपार्कमा तोडफोड गरिएको थियो । यस्तै सिन्धुलीबाट आएका ना२ख ३९९६ ना४ख ३४५७ बा२ख ७९५३ ७२५७ र बा२ख ५७८५ नम्बरका बस बनेापमा नियन्त्रणमा लिएका थिए ।

Related

स्थानिय 6420034430268294249

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item