नेल्टा सिन्धुलीको बार्षिक साधारण सभासम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_4242.html
पुस १६ उमा पौडेल सिन्धुली
नेपाल English language teachers एसोसियन नेल्टा सिनुधलीको बार्षिक साधारण सभा तथा दुई दिने शिक्षक तालिम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कार्यक्रममा सिन्धुली जिल्लाका निजि तथा सामुदायीक बिद्यालयमा अंग्रेजि बिषय अध्यापन गराउने १०० जना शिक्षकहरुलाई अंग्रेजि भाषा शिक्षणका बिषयमा जानकारी गराईएको थियो ।
हिजोबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला शिक्षा अधीकारी चन्द्र प्रसाद लुईटेल नेल्टाका महासचिब कमल पौडेल केन्द्रिय सदस्य अशोकराज खाति प्लान नेपाल सिन्धुलीका शिक्षा संयोजक आत्मराम भट्टराई नेल्टा सिन्धुलीका सल्लाहाकार जनकराज पन्त देबराज दवाडि किशोर पराजुली र जनकराज पन्तले गर्नुभएको थियो । आजै नेल्टाका महासचिब कमल पौडेलले तदर्थ समितिलाई जिल्ला कार्यसमितिमा परीणत गर्नुभएको नेल्टा सिन्धुलीका प्रमोद ढुंगेलले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !