खस क्षेत्री समाजको जिल्ला तदर्थ समिति गठन


पुस १६ कृष्ण अधिकारी/सिन्धुली

तमाम खस क्षेत्रीहरुको हक अधिकार सुनिश्चित गर्न तथा नयाँ संबिधानमा उनीहरुले उठाउदै आएका मागहरुलाई पुरा गर्न सहयोग पुरयाउने उद्येश्यले सिन्धुली जिल्लाका विभिन्न स्थानहरुमा बसोबास गर्ने खस क्षेत्रीहरुको एक भेलाले आज सिन्धुलीमा खस क्षेत्री समाजको जिल्ला तदर्थ समिति गठन गरेको छ ।
गोपाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भेलाले गोपाल बहादुर थापा कै संयोजकत्वमा ९ सदस्यिय खस क्षेत्री जिल्ला तदर्थ समति गठन गरेको हो । जिल्ला तदर्थ समितिले क्षेत्री ब्राम्हणहरुका विभिन्न जातीय संघ सस्थाहरुसँग समन्वय गरी आफ्नो हक अधिकार सुनिश्चित गराउने कार्यमा कि्रयाशिल रहने खस क्षेत्री समाज जिल्ला तदर्थ समितिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । ।समिातिले निकट भविष्यमै बृहत भेला गरी जिल्ला कार्य समिति र बिधानको निर्माण गर्ने जनाएको छ

Related

समाज दर्पण 4103421316861360619

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item