संवैधानीक समितिको बैठक उपसमितिको म्याद थप



काठमाडौ १६ पौष

संवैधानिक समितिले विवाद समाधान उप समितिलाई विवादित विषयमा सहमति जुटाउन थप दुई दिनको समय दिएको छ । समितिको कार्यालय िसंहदरबारमा आज वसेको वैठकले शासकिय स्वरुप र निर्वाचन प्रणाली सहितका विवादित विषयमा सहमति जुटाउन उप समितिलाई दुई दिनको समय थप गरेको हो । अधिकांस विषयमा सहमति जुटिसकेकाले बाँकि विषयमा सहमति जुटाउन थप दुई दिन दिएको र सहमति जुटेका विषयमा पसर्ि १८ गते वस्ने वैठकले अनुमोदन गर्ने समिति सभापति निलाम्वर आचार्यले जानकारी दिनुभयो ।

विवाद समाधान उपसमितिले शासकिय स्वरुप र निर्वाचन प्रणाली लगाएतका केहि विषय वाहेक सवैजसो विषयमा सहमति जुटाएर प्रतिवेदन तयार पारेको थियो भने बाँकि विषय संवैधानिक समितिमा छलफल गर्ने निर्णय गरेको थियो । कार्यतालिका अनुशार पुस १५ गते विवाद समाधान उपसमितिले सवै विवादित विषयमा सहमति जुटाउने पर्ने थियो । यसैविच उपसमिति सदस्य कल्पना राणाले राष्ट्रपति वा प्रधानमन्त्रीको अधिकारका विषयमा सहमति हुन मात्र बाँकि रहेकॊ जानकारी दिनुभयो ।

त्यस्तै निर्वाचन प्रणाली मिश्रीत राख्ने विषयमा उपसमितिले सहमति जुटिसकेको छ भने समानुपातिक र प्रत्यक्षमा कति कति प्रतिशत राख्ने भन्नेमा मात्र विवाद बाँकि छ । त्यस्तै संविधानमा असंसोधनिय धारा राख्नेकि नराख्ने भन्नेमा पनि सहमति हुन बाँकि छ । संविधान निमार्णको पछिल्लो कार्यतालिका अनुशार पुस २० गते भित्र राज्यपुर्नसंरचना वाहेकका विवादलाई संवैधानिक समितिवाट टुङगो लगाई सक्नुपर्ने छ । राज्यपुर्नुंरचनाको विवाद भने राज्यपुर्नसंरचना सुझाव आयोगको प्रतिवेदन पछि मात्र छलफल हुनेछ । कार्यतालिका अनुशार नै दलहरु अगाडी वढेकाले तोकिएको समयमा संविधान वन्ने आशा पलाएको छ ।

Related

स्थानिय 1599772582156777919

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item