वेमेलका विच काग्रेस मेलमिलाप दिवस



काठमाण्डौ १६ पुस ।
एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधान अहिलेकेा अपरिहार्यता भएकोमा जाुड दिनु भएको छ ।
मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेसले सुन्दरीजलमा गरेकेा कार्यक्रममा अध्यक्ष प्रचण्डले मेलमिलाप र सहकार्यबाटै शान्ति र सँबिधान सम्भव भएको जिकिर गर्नुभयो ।

सहमति र सहकार्यको कुरा व्यवहारमा लागु गर्न नसके मन्चमा भाषण दिनुको कुनै अर्थ नरहने प्रचण्डको भनाइ थियो । अबको ५ महिनाभित्र सँबिधान निर्माण गरिने बताउदै प्रचण्डले त्यसका लागि सबैको सहयोग आवश्यक हुने स्पष्ट पार्नुभयो । प्रचण्डले केही दिनमै दलहरुबीचकेा विवाद टुङिने जनाउदै स्वैच्छिक अवकासमा जाने लडाकुलाई १२ दिन भित्र बिदा गरिने बताउनु भयो ।

कार्यक्रममा काँग्रेस सभापति शुशिल कोइरालाले शान्ति र सँबिधान निर्माण हुन्छ या हुदैन भन्ने प्रश्नको उत्तर माओबादीमा निर्भर रहने दाबी गर्नुभयो ।दलहरु विचको विवाद आपसी सहकार्यबाट अन्त्य गर्नुपर्ने सभापति कोइरालाको भनाइ थियो । उहाँले विपिले देखाएको शान्ति मेलमिलाप र लोकतन्त्रको मार्गलाई काँग्रेसले कदापी नभुल्ने बताउनु भयो ।

कार्यक्रममा एमाले नेता केपी ओलीले शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर् याउन सबै दल मिल्नुकेा विकल्प नभएको बताउनु भयो । नेता ओलीले सहमतीय सरकार गठनको समबन्धमा कुरा भइरहेपनि काम हुन नसकेको भन्दै व्यङग्य गर्नुभयो एमालेभित्र आन्त्ारिक एकता सुरु भएको बताउदै पार्टीभित्र एकता भएमात्रै राष्ट्रिय एकता सम्भव हुने ओलीकेा भनाइ थियो ।

राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि भन्दै विश्वेश्रप्रसाद कोइराला भारतबाट स्वदेश फर्केको दिनको सम्झनामा नेपाली काँग्रेसले देशभर विविध कार्यक्रम गरि मेलमिलाप दिवस मनाएको छ । आफूविरुद्ध लागेका झण्डै आधा दर्जन भन्दा बढी मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता र प्रजातन्त्र सङ्कटमा परेको बेला २०३३ साल पुस १६ अर्थात आजकै दिन बिपी मेलमिलापको निति लिएर स्वदेश फर्कनुभएको थियो ।

पार्टीभित्र आन्तरिक विवाद बढेपनि मेलमिलाप दिवस मनाउन काँग्रेस नेताहरु विभिन्न्ा जिल्ला पुगेका छन् । दाङमा भएको एक कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य दिपकुमार उपाध्यायले सहमतीय सरकारको नेतृत्व गर्ने अवसर आए रामचन्द्र पौडेलले गर्ने दाबी गर्नुभयो ।

कांग्रेसको बिधानमा संसदीय दलका नेता नै प्रधानमन्त्रि बन्ने स्पष्ट भएकाले बहुमतीय या सहमतीय सरकारको नेतृत्व पौडेलले गर्ने प्रष्ट पार्नुभयो । अर्का नेता डा नरायण खड्काले शान्ति र संविधान निर्माण हुन नसक्दा लोकतन्त्र संकटमा पर्दै्र गएको गुनासो गर्नुभयो । मेलमिलाप दिवसको अवसरमा धनकुटामा भएको कार्यक्रममा नेता खड्काले अहिले राष्ट्रियता संकटमा पर्दै गएकाले राष्टिय सहमती कायम गरी शान्ति र संविधान निर्माणमा जुट्नुपर्ने बताउनु भयो ।

Related

स्थानिय 1935625649343233648

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item