सर्लाहीको कर्मैयामा आजदेखि हरिहर क्षेत्र महोत्सव शुरु



पुस १६ सुरेश बिडारी सर्लाही

पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा पर्ने सर्लाहीको कर्मैया गाविस वडा नं। ४ स्थित हरिहर क्षेत्रमा आजदेखि तीन दिने महोत्सव शुरु भएको छ । "धार्मिक ऐतिहासिक र पर्यटकिय स्थान राष्ट्रिय स्तरमा हरिहर क्षेत्रको पहिचान" भन्ने नाराका साथ आयोजित हरिहर क्षेत्र महोत्सवको आज दिउँसो एक समारोहका बीच पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधव कुमार नेपालले उद्घाटन गर्नु भयो ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हरिहरक्षेत्रलाई मनोरम पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले नुनथर र हरिहर क्षेत्र वारी पारी जमुना भनेजस्तै भएकोले दुवै क्षेत्रलाई जोड्न झोलुङ्गेपुल निर्माण गर्नुपर्ने उहाँको भनाई थियो । नेता नेपालले हरिहर क्षेत्रलाई भू माफियाको हातमा भने पर्न दिन नहुने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य रामचन्द्र झा चुरे भावर राष्ट्रिय एकता पार्टीका सभासद् बदि्र न्यौपाने लगायतऌ हरिहर क्षेत्रको विकासका लागि सक्दो सहयोग पुर् याउने प्रतिवद्धता पनि जनाउनुभएको थियो । महोत्सव मूल समारोह समितिका सदस्य रेवती पन्तका अनुसार आजदेखि १८ गते सम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरमा चर्चित हास्य कलाकार तथा गायक गायिकाहरुको प्रस्तुती हरिहर क्षेत्रका ऐतिहासिक झलक हरिहर क्षेत्रका धार्मिक स्थल तथा प्राकृतिक सम्पदाहरुको झलकहरु प्रस्तुत गरिने तथा विभिन्न जातजातीको भेषभूषा संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिने छ ।

सिन्धुली रौतहट र मकवानपुरको संगमस्थलमा पर्ने हरिहर क्षेत्र बागमती नदी किनारमा रहेको मनोरम स्थान हो । हरिहर क्षेत्र हँुदै सिन्धुलीको कपिलाकोटसम्म मोटरबाटो निर्माण पनि भइरहेकाले यस क्षेत्रमा पर्यटकीय संभावना थप बढेको आयोजकले बताएका छन् । महोत्सव मार्फत कर्मैयामा रहेको हरिहर क्षेत्र र वुद्ध शान्ति तपोवनलाई देश विदेशमा चिनाइने महोत्सव मुल आयोजक समितिका संयोजक कमल पौडेलले जानकारी दिनुभयो ।

Related

विविध 3756734984178709606

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item